आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

कर मात्रै असुली, राज्यबाट सुविधा सुन्य,५०० अर्ब भन्दा बढी लगानी , करिब ३ लाखलाई रोजगारी ,


Thumbnail
  • आक्रमण न्युज
  • २०८२ जेष्ठ १८, आईतबार मा प्रकाशित १ साल अघि
  • ३०० पाठक संख्या
  • होमनाथ न्यौपाने
    भरतपुर।संस्थागत विद्यालयहरूले देशको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। संस्थागत विद्यालयहरूको रोजगारी, गुणस्तरीय शिक्षा, राज्यको ठुलो लगानीको भार कम, गुणस्तरीय शिक्षाको नाममा अरवौ रकम पलायनहुनवाट रोक अन्तर्राष्ट्रिय स्तरको शिक्षा,जस्ता थुप्रै सकारात्मक कार्यबाट राज्यलाई सहयोग गरेको छ। उता राज्यको तर्फवाट सस्थागत विद्यालयलाइ रकम लिएर सम्वन्धन वाहेक कर लिने भन्दा अरु केही सहयोग भएको छैन।
    संस्थागत विद्यालयहरूल शिक्षामा गुणस्तर सुधार गर्न तल्लीन छन् । सगै आधुनिक पाठ्यक्रम र प्रविधिको प्रयोगमा राज्य भन्दा एक कदम अगाडि कार्य गरिरहेका छन्।प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिरहेका छन्।
    संस्थागतविद्यालयहरूमाआधुनिक भवन, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याबजस्ता पूर्वाधार हुन्छन् साथै सुचना प्रविधिको प्रयोग बढ्दो छ।
    सस्थागत विद्यालयहरूले शिक्षक, प्रशासनिक कर्मचारी लगायत लाखौं व्यक्तिहरूलाई रोजगारी दिएका छन्। रोजगारीले राष्ट्रिय तथा स्थानीय स्तरमा आर्थिक गतिविधिलाई टेवा पुर्‍याएको छ।अतिरिक्त क्रियाकलाप जस्तै खेलकुद, संगीत, कला, भाषण प्रतियोगिता, आदि मार्फत विद्यार्थीको सर्वांगीण विकासमा टेवा पुर्‍याइ दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छन्।
    कतिपय संस्थागत विद्यालयहरूले अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रममा समेत पठनपाठनसञ्चालन गर्दै आएका छन्,यसले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाएको छ।
    अर्को तर्फ संस्थागत विद्यालयको सफलताले सरकारी विद्यालयहरूलाई सुधार गर्न सकारात्मक प्रेरणा दिएको छ। प्रतिस्पर्धाको कारण केही सरकारी विद्यालयहरूले पनि गुणस्तर सुधार गरेका छन्।
    संस्थागत विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको विकास, पूर्वाधार सुधार, र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेर सकारात्मक योगदान दिएका छन्। यद्यपि, पहुँच, समावेशीता, र सन्तुलन कायम गर्न राज्यको भूमिका अझै आवश्यक छ।
    सस्थागत विद्यालयलाइ समुदायले हेर्ने दृष्टिकोण र राज्यकाे नीति
    नेपालमा सस्थागत विद्यालयहरू लाई समुदायले नकारात्मक तथा सकारात्मक दृष्टिकोणले हेर्ने गरेका छन्।
    सकारात्मक दृष्टिकोणहरू:
    गुणस्तरीय शिक्षा:
    धेरै अभिभावकहरू सस्थागत विद्यालयहरूमा पढाइको गुणस्तर राम्रो भएको मान्दछन्।
    २)अनुशासन :
    नियमित कक्षा सञ्चालन, समयपालना, अनुशासन, आधुनिक प्रविधिको प्रयोग, र राम्रो भौतिक पूर्वाधारका कारण धेरै अभिभावकको रोजाइ रहेको छ।
    ३)अंग्रेजी माध्यमको शिक्षा: अभिभावकहरूले अंग्रेजी शिक्षा भविष्यमा रोजगारीको अवसरहरूका रुपमा लिने गरेका छन्।विष्वव्यापी करणको यो दुनियामा अग्रेजी भाषाको महत्व वढेको छ।
    राज्यको नीति:
    राज्यले शिक्षामा छुट्याएको वजेट भन्दा बढी निजि क्षेत्रवाट आर्थिक भार योगदान पुर्याएकाे सस्थागत विद्यालयहरूलाइ राज्यले सेवा भन्दा नाफामुखी ठानेको छ।
    विभिन्न शिर्षकमा कर मात्रै लिएको छ।
    राज्यले लगानीको ग्यारेन्टी दिन सकेको छैन।
    सस्थागत विद्यालयका शिक्षकलाई शिक्षक नै मानेको छैन। तालिम लगायतका सुविधावाट वन्चित गरेको छ।
    सामुदायिक बिध्यालयमा अध्ययन रत विध्यार्थीलाइ खाजा , पुस्तक लगायत निशुल्क वितरण गरेको छ भने सस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ सुविधावाट वन्चित गरेको छ।सस्थागत विद्यालयहरूलाइ १० प्रतिशत विद्यार्थी छात्रवृत्तिमा पढाउन वाध्य वनाएको छ । विध्यार्थी पढाउने दायित्व सरकारको हो ।निजि विध्यालयले पढाए वापत निजि विध्यालयलाइ राज्यले शुल्क भुक्तान गर्नुपर्नेमा कर मात्रै असुली रहेको छ।
    समग्रमा राज्यले सस्थागत विद्यालयहरूलाइ केहि दिएको छैन कर मात्रै असुली रहेको छ।
    नेपालका निजी विद्यालयहरूमा करिब रु. ५०० अर्ब लगानी भइसकेको छ। लगानी मुख्यतः पूर्वाधार विकास जस्तै भवन निर्माण, पुस्तकालय, प्रयोगशाला, खेलमैदान र मानव स्रोत व्यवस्थापन शिक्षक, कर्मचारी, चालक, सरसफाइ कर्मचारी आदिमा केन्द्रित छ।
    विद्यालय संख्या: करिब ८,००० निजी विद्यालयहरू सञ्चालनमा छन्।
    विद्यार्थी संख्या: करिब ३० लाख विद्यार्थीहरू
    कर्मचारी संख्या: करिब २ लाख पचास हजार भन्दा बढि शिक्षक तथा अन्य कर्मचारीहरू कार्यरत छन्।

    वार्षिक आम्दानी: निजी विद्यालयहरूले विद्यार्थी शुल्कबाट वार्षिक करिब रु. २०० अर्ब आम्दानी गर्छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट