तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-४ ठूलढुङ्गामा पहिरो खस्दा एउटा घर जोखिममा परेको छ । आज साँझ भोजराज थापाको घरको पछाडिबाट पहिरो खसेपछि घर जोखिममा परेको हो ।
पहिरोबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सो घरमा बस्दै आएका चार जना परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी डुम्रे, तनहुँबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रतिक्रिया दिनुहोस