आज: २०८२ भाद्र २७, शुक्रबार | Fri, 12, Sep, 2025

चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट


  • आक्रमण न्युज
  • २०८२ भाद्र २३, सोमबार मा प्रकाशित ४ दिन अघि
  • २९ पाठक संख्या
  • चितवन । जीयन्जीले चितवनमा गरेको आन्दोलनमा प्रहरीले चितवन आजकर्मी पत्रकार हिरालाल आचार्य ‘डायमण्ड’ माथि धरपकड गरेको छ ।
    प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको गाडीमा हालेको र गाडीमा हालिसकेपछि पनि गाडीभित्रै जथाभावी लाठी प्रहार गरेको भिडियो कैद गरिरहेको आचार्यमाथि प्रहरीले धरपकड गरेको हो ।

    आचार्यलाई प्रहरीले २० मिनेट जति नियन्त्रणमा लिएर, क्यामेरा खोसी क्यामरामा कैद गरिएका सबै भिडियो डिलिट गरिदिएको छ ।

    साथै रिर्पाेटिङ्का क्रममा रहेको कालिका एफएमका निर्देश दिपक पौडेलको हातमा ढुंगाले लागेको छ ।
    पत्रकार आचार्य माथि भएको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ चितवन शाखाले विरोध जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट