Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

“चितवन जेनजी आन्दोलनको कब्जामा, प्रशासनिक संरचना ध्वस्त, सुरक्षा निकाय मौन ?”


  • आक्रमण न्युज
  • २०८२ भाद्र २४, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३६४ पाठक संख्या
  • चितवन । जेनजी आन्दोलनले आज चितवन जिल्लालाई पूर्ण रूपमा कब्जा गरेको छ। जिल्लाको मुख्यालयस्थित जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकालगायतका प्रमुख कार्यालयहरूलाई प्रदर्शनकारीहरूले आगजनी गरी ध्वस्त पारेका छन्।

    सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएका यी कार्यालयहरूमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिए पनि भीडको उग्रपनासामु टिक्न नसकी प्रदर्शनकारीहरू भित्रै पस्न सफल भएका थिए। भीडले कागजात, फर्निचर, उपकरणदेखि भवन नै जलाउँदा प्रशासनिक संरचना पूर्णरूपमा नष्ट भएको छ।

    मुख्य सडक र बजार क्षेत्रभरि हजारौं प्रदर्शनकारी आन्दोलनमा उत्रिएका छन तर सुरक्षाबल भने पूर्ण रूपमा गायबजस्तै देखिन्छ। यसले आन्दोलन नियन्त्रण भन्दा बाहिर पुगेको स्पष्ट संकेत गरेको छ।

    चितवन अहिले पूर्ण रूपमा जेनजी आन्दोलनको नियन्त्रणमा पुगेको छ। सरकारी भवन र कार्यालयहरु दर्जनौ ध्वस्त भएका छन, सुरक्षाकर्मीको अत्तो पत्तो छैन ।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑