
काठमाडौं । सोमबार राजधानीमा जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीबाट घाइते भएका मध्ये ४०० भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा मात्र ११ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ ।
अस्पताल प्रमुख डा. बद्री रिजालका अनुसार गम्भीर घाइतेमध्ये पाँच जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ भने ३० जनाभन्दा बढीलाई शल्यक्रिया गर्नुपर्ने भएको छ ।
अस्पतालले मंगलबार ओपीडी सेवा र नियमित शल्यक्रिया स्थगित गरी आन्दोलनमा घाइते भएकाहरूको उपचारलाई प्राथमिकता दिएको छ । ‘हिजो राति मात्रै ११ जनाको अपरेशन भयो । आज पनि दिउँसोभर जटिल केसको शल्यक्रिया चल्नेछ,’ डा. रिजालले बताएका छन् ।
उनका अनुसार अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई आकस्मिक उपचारका लागि खटाइएको छ । ‘ज्यान बचाउन सक्दो प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस