आज: २०८२ पौष २, बुधबार | Wed, 17, Dec, 2025

रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंद्वारा डस्टबिन वितरण कार्यक्रम सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ मंसिर २३, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • ७१ पाठक संख्या
  • काठमाडौं। रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले उन्नती संस्थाको सहकार्यमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १३ पुरानो नैकाप स्थित कङ्काली माध्यमिक विद्यालयलाई डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ डिल्लिबजारका अध्यक्ष प्रेम वलीले विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुलाई डस्टबिन हस्तान्तरण गर्नु भयो। कार्यक्रममा बिशेष अथितीहरु रोटरी क्लब डिल्लिबजारका पास्ट अध्यक्ष लीलानाथ शर्मा, पास्ट अध्यक्ष इन्दिरा पराजुली, अथितीहरु कोषाध्यक्ष मनोज श्रेष्ठ तथा रोटरी फाउन्डेसन निर्देशक सुमित कुँवरको उपस्थितीसहित सम्पन्न भएको थियो।

    अध्यक्ष वलीले रोटरीका विभिन्न सेवा क्षेत्रमध्ये वातावरण तथा शिक्षा स्वास्थ्य अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै क्लबले सार्वजनिक विद्यालयहरूमा स्वास्थ्य शिक्षा, खानेपानी तथा शौचालय निर्माणलगायतका परियोजनाहरू निरन्तर अघि बढाउँदै आएको जानकारी दिनुभयो।

    त्यसैगरी, विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले रोटरी क्लब डिल्लिबजार, उन्नती संस्था, उपस्थित रोटरियन तथा अतिथिहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा विद्यालयसँग सहकार्यमा गर्न सकिने कार्यक्रममा सहयोग र समन्वयका लागि आग्रह गर्दै स्वागत गर्नुभयो।

    कार्यक्रमको समन्वय र सञ्चालन विद्यालय व्यवस्थापन समिति सदस्य तथा रोटरियन प्रविण दवाडिले गर्नु भएको थियो। कार्यक्रम समापन पश्चात रोटरीयनद्वारा कालु पाण्डे पार्क साइट सिन अबलोकन कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट