आज: २०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

रोटरी क्लब डिल्लिबजारको टेबल टेनिस प्रतियोगिता सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ कार्तिक २९, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ६४३ पाठक संख्या
  • काठमाडौं। रोटरी क्लब डिल्लिबजारद्वारा आयोजित टेबल टेनिस टुर्नामेन्ट सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि आरआई डिस्ट्रिक्ट पब्लिक इमेज चेयर अमित गिरी र क्लबका अध्यक्ष प्रेम वलीले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। महिला समूहतर्फ • प्रथम: इन्दिरा पराजुली • दोस्रो: सबिता केसी • तेस्रो: सुजिता अधिकारी र दीपा श्रेष्ठ पुरुष समूहतर्फ • प्रथम: मनोहरी थापा • दोस्रो: सुमित कुवर • तेस्रो: इन्द्र शेखर खड्का र बिष्णु पराजुली विजेताहरूलाई पास्ट प्रेसिडेन्ट मोहनकृष्ण श्रेष्ठ, पुन्यप्रसाद पौडेल र अरुण रेग्मीले पुरस्कार वितरण गर्नुभएको थियो। प्रथम हुने खेलाडीलाई शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद प्रदान गरिएको थियो भने अन्य विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। अध्यक्ष प्रेम वलीले फेलोशिप, स्वास्थ्य तथा पब्लिक इमेज वृद्धि साथै सदस्यता विस्तारमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यक्रमका संयोजक रोटेरियन बलराम सापकोटाले टुर्नामेन्ट सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो। प्रमुख अतिथि अमित गिरिले डिल्लिबजार रोटरी क्लबले समाजसेवा मात्र नभई संस्कृति, नृत्य तथा खेलकुद क्षेत्रमा पनि उत्कृष्ट छाप छोड्दै आएको प्रशंसा गर्दै, आगामी दिनमा यस टुर्नामेन्टलाई डिस्ट्रिक्ट लेभलमा विस्तार गर्न सकिने सुझाव दिनुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट