आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

हजुरआमाको दरदेखि टुटेको माइतीसम्म: वीरङ्गना योगी शाहीको मार्मिक तीज कथा


  • आक्रमण न्युज
  • २०८३ भाद्र २८, आईतबार मा प्रकाशित १ दिन अघि
  • ३६ पाठक संख्या
  • कोहलपुर । हरितालिका तीजको पूर्वसन्ध्यामा मनाइने ‘दर खाने दिन’ नेपाली चेलीका लागि केवल मिठो भोजनको अवसर होइन, माइतीको माया, सम्झना र आत्मीयताको गहिरो सांस्कृतिक प्रतीक हो। यही भावनालाई शब्दमा उतार्दै कोहलपुर–६ की वीरङ्गना योगी शाही ले आफ्नो जीवनभोगाइ र तीजको पीडामिश्रित अनुभूति सार्वजनिक गरेकी छन्।

    उनले पछिल्लो समय ‘दर’ शब्दलाई चिया, भोज वा रक्सी पार्टीसँग जोडेर हल्का रूपमा व्याख्या गरिन थालेको भन्दै यसको मौलिक अर्थ भने माइतीले छोरीलाई प्रेमपूर्वक सम्झेर व्रतअघि चोखो परिकार खुवाउने परम्परामा रहेको उल्लेख गरेकी छन्।

    योगी शाहीका अनुसार परम्परागत समाजमा सानै उमेरमा विवाह गरेर टाढा गएका छोरीहरूलाई तीजमा माइती बोलाइन्थ्यो। बर्खे कामको चापबीच दुई दिन भए पनि उनीहरूलाई मिठो–मसिनो खुवाइन्थ्यो, साथीभाइसँग गीत गाउँदै मनका पीडा पोख्ने अवसर मिल्थ्यो र त्यसपछि भगवान् शिवको आराधनासहित निराहार व्रत बस्ने चलन थियो।

    उनले आफ्नी स्वर्गीय हजुरआमाको सम्झनाले हरेक तीजमा आफूलाई भावुक बनाउने बताएकी छन्। “हजुरआमाको हातले पकाएको दर पाँचतारे होटलको स्वाद थिएन, तर त्यही स्वादले मेरो तीज आउँथ्यो,” उनले लेखेकी छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट