आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

छत्रपाटी निशुल्क चिकित्सालयमा डायलाइसिस केन्द्र स्थापना, चिनियाँ दूतावासको सहयोग


  • आक्रमण न्युज
  • २०८२ श्रावण २७, मंगलबार मा प्रकाशित १२ महिना अघि
  • ४८२ पाठक संख्या
  • काठमाडौं । छत्रपाटी निशुल्क चिकित्सालयले चिनियाँ दूतावासको सहयोगमा अत्याधुनिक डायलाइसिस केन्द्र स्थापना गरेको छ। मिर्गौला रोगीका लागि जीवनरक्षक सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यस केन्द्रको स्थापना महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

    चिकित्सालयका निर्देशक डा. मनोजमान श्रेष्ठको अगुवाइमा स्थापना गरिएको केन्द्रबाट सस्तोमा डायलाइसिस सेवा उपलब्ध गराइनेछ। मिर्गौला बिग्रिएपछि गरिने डायलाइसिस नेपालमा अत्यन्त महँगो भए पनि, छत्रपाटी निशुल्क चिकित्सालयले कम लागतमा सेवा दिन लागेको हो।

    अस्पतालका सल्लाहकारका अनुसार, यस कार्यको श्रेय विशेषगरी डा. मनोजमान श्रेष्ठ र अस्पताल परिवारलाई जान्छ, जसको नेतृत्वमा चिकित्सालय दिन-दुई गुणा, रात-चौगुणा प्रगति गरिरहेको छ। चिनियाँ दूतावासप्रति समेत अस्पताल परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट