
कोहलपुर । ASEZ WAO द्वारा कोहलपुर नगरपालिका वडा नं. ७ मा श्री मितेरी सामुदायिक वन उपभोक्ता समुह मा १,००० बिरुवा रोपण कार्य सम्पन्न भएको छ


‘Mother’s Forest’ परियोजना अन्तर्गत वन पारिस्थितिक प्रणालीको पुनर्स्थापना र जलवायु परिवर्तनको सामना गर्न योगदान पुर्याएको छ।
अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ WAO ले ११ तारिखका दिन लुम्बिनी प्रदेशको कोहलपुर नगरपालिका वडा नं. ७ स्थित श्री मितेरी सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको छ । विश्वका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेको ‘Mother’s Forest’ परियोजना अन्तर्गत रूखहरूको सङ्ख्या नभएर खाली रहेको करिब १ हेक्टर क्षेत्रफलको जमिनमा बिरुवाहरू रोपेर स्थानीय वन संरक्षणमा योगदान पुऱ्याइएको छ ।

‘Mother’s Forest’ अर्थात् ‘आमाको वन’ एक विश्वव्यापी परियोजना हो, जसअन्तर्गत आमाले आफ्ना सन्तानको हेरचाह गर्ने प्रेमपूर्ण भावनाका साथ वृक्षारोपण र वन निर्माण गरी जलवायु परिवर्तनको सामना गर्न तथा स्थलीय पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रयास गरिन्छ । ASEZ WAO भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (महासचिव पास्टर गिम जु छल, यसपछि परमेश्वरको मण्डली भनिएको) को जागिरे युवाहरूको स्वयंसेवक समूह हो ।
ASEZ WAO का एक प्रतिनिधिले भने, “वृक्षरोपण गर्ने प्रत्येक व्यक्तिको प्रयास एकजुट भएमा विनाश भएको वनको पुनर्स्थापना गर्न र जलवायु परिवर्तनको सामना गर्न ठूलो योगदान पुग्न सक्छ । हामी स्थानीय समुदायसँग मिलेर स्वस्थ वनको विकास र संरक्षण गर्ने गतिविधिहरू निरन्तर सञ्चालन गर्दै जानेछौं ।”
कार्यक्रममा ASEZ WAO का सदस्यहरू परिवारहरू र उनीहरूका छिमेकीहरू गरी करिब १०० जना सहभागी भएका थिए । कोहलपुर सव डिभिजन वन कार्यालयकाे सहयोगमा शमशेरगञ्ज सब डिभिजन वन कार्यालयले पुनर्स्थापनामा योगदान पुऱ्याउँदै १,००० वटा बिरुवा उपलब्ध गरायो । सहभागीहरूले खाली जमिनका विभिन्न स्थानहरूमा बिरुवा रोप्ने ठाउँ निर्धारण गरेपछि खाल्डो खनेर बिरुवा रोपे । त्यसपछि बिरुवाहरूले राम्रोसँग जरा फैलाउन सकून् भनेर वरिपरिको माटो राम्ररी थिचेर पानी हाल्दै विशेष ध्यान दिए ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत श्री मानबहादुर गिरी ज्यूले वनजङ्गल जोगाउनुपर्छ अहिले मानिसहरूद्वारा वनजङ्गल असुरक्षित हुँदै गइरहेको छ। असंख्य युवाहरू कुलतमा फसिरहेको यो समयमा यसरी ASEZ WAO का सदस्यहरूले वृक्षारोपण कार्यक्रम गर्दै वन जङ्गल जोगाउनु पर्छ भन्ने सकारात्मक सोचाइ लिनुभएको छ साँच्चै धन्यवाद आगामी दिनमा पनि यस्ता गतिविधिहरु गर्दै जानुपर्छ भनेका छन।

कार्यक्रममा सहभागी कोहलपुर वन कार्यालयका रेन्जर शिव कुमार यादवले “ वृक्षारोपण गर्नु एकदमै राम्रो कार्य हो। यस्तो कार्य गर्ने ASEZ WAO लाई धेरै धन्यवाद दिँदछु आगामी दिनमा अझ सहकार्य गर्दै विभिन्न गतिविधिहरु गर्नेछौँ।” भने ।
कोहलपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ठग्या थारूले पनि “ASEZ WAO ले हाम्रो वडामा खाली रहेको जमिनमा बिरुवा रोपेर सहयोग गरिदिनुभएकोमा धेरै धन्यवाद। यस्तो कार्य गर्नु साँच्चै राम्रो हो। ASEZWAO का सदस्यहरूलाई आगामी दिनमा विभिन्न गतिविधिहरु गर्दा समर्थन गर्नेछु।” भन्दै कार्यक्रमको उद्देश्यप्रति समर्थन जनाए ।

ASEZ WAO का सदस्य हेमराज शाहीले “ हामीले वातावरणबाट निरन्तर स्वच्छ हावा पानी र जीवनदायिनी शक्ति प्राप्त गरिरहेका हुन्छौं र त्यसको बदलामा प्रकृतिलाई केही दिन सकिरहेका हुँदैनौं। आज आफ्नै हातले सानो बिरुवा रोपेर माटोले पुर्दा प्रकृतिप्रतिको आफ्नो जिम्मेवारी र दायित्व थोरै भए पनि पूरा भएको महसुस भयो” भने ।
नवीन तिमल्सेनाले पनि “ ASEZ WAO ले विश्वभरि नै वातावरण संरक्षण सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ यसैगरी आज यस ठाउँमा वृक्षरोपण गर्दैछौँ यस्तो उत्कृष्ट कार्य गर्न पाउँदा साँच्चै धेरै खुसी लागेको छ। आगामी दिनमा पनि यस्तै वातावरण संरक्षण सम्बन्धी गतिविधिहरू गर्नुपर्छ भन्ने हौसला प्राप्त भएको छ।” भन्दै आफ्नो अनुभव सुनाए ।
ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं(Save the Earth from A to Z, We Are One Family)’ भन्ने अर्थ रहेको छ । युवाहरूले विश्वका विभिन्न देशहरूमा ‘Mother’s Forest’ का साथै ‘Green Earth’ (सहरी क्षेत्र, सडक तथा पार्कहरूको सरसफाइ) र ‘Blue Ocean’ (नदी तथा समुद्रको सरसफाइ) लगायत वातावरण संरक्षणसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दैआएका छन् । यसका साथै ASEZ WAO ले प्लास्टिकको प्रयोग घटाउने ‘No More GPGP’, कार्यस्थलमा वातावरणमैत्री अभ्यास प्रवर्द्धन गर्ने ‘Green Workplace’ लगायत विभिन्न वातावरणीय परियोजनाहरू पनि सञ्चालन गर्दैआएको छ ।
सङ्गठनले नेपालमा पनि स्थानीय वातावरण सुधारका लागि निरन्तर गतिविधिहरू सञ्चालन गर्दैआएको छ । काठमाडौँ, ललितपुर, नेपालगन्ज लगायत देशका विभिन्न स्थानहरूमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ र आरामदायी वातावरण निर्माण गर्न योगदान पुऱ्याइएको छ । गत अगस्ट महिनामा चन्द्रागिरीमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार आयोजना गरी प्लास्टिक प्रदूषणको गम्भीरताबारे जानकारी गराउनुका साथै त्यसलाई न्यूनीकरण गर्न आवश्यक व्यावहारिक कदम र सहकार्यका उपायहरू प्रस्तुत गरिएको थियो ।
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा अवस्थित विश्वव्यापी मण्डली हो । मण्डलीका करिब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू’ भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा हालसम्म मण्डलीका ७२,६८८ जना सदस्यहरूले १,०८४ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरेका छन् ।

विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान र संस्कृति आदानप्रदान जस्ता गतिविधिहरू करिब ५०,००० पटकभन्दा बढी गरिएको छ (सन् २०२६ सेप्टेम्बरसम्म) ।
परमेश्वरको मण्डलीले चार अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, तीन कोरियाली सरकारबाट राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ६,३०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस