
चितवन । उज्यालो टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लि.को आयोजनामा विजयादशमी २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।



राजु भट्टको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको प्रमुख आतिथ्यतामा भरतपुर–१० स्थित चिया आँगन परिसरमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारी, उज्यालो टाइम्स मिडियाका निर्देशक कपिलसागर कर्मचार्य, समाजसेवी एवं युवा उद्यमी नन्दप्रसाद भट्ट, चितवन च्याम्बर अफ कमर्सका अध्यक्ष गोपाल भण्डारी, युरो मोटर्सका अध्यक्ष रविन रामदामु, चितवन पिनिकल फिटनेस सेन्टरका अध्यक्ष प्रकाश गुरुङ, युवा व्यवसायी कमल अधिकारी, एशियन्युजका चितवन प्रमुख प्रकाश ज्ञवाली, चितवन पोस्टका सम्पादक दिनेश अधिकारी, आर्थिक पत्रकार सूर्यप्रसाद अधिकारी, आक्रमण अनलाइनका प्रधान सम्पादक टिकादत्त तिमिल्सिनालगायत सञ्चारकर्मी, उज्यालो टाइम्स मिडियाका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विजयादशमीको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, सहकार्य र सामाजिक एकतामार्फत समाजको विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिएका थिए। साथै, सञ्चारमाध्यम र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने विषयमा पनि चर्चा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस