आज: २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026

पार्वतीपुर बजारमा अत्याधुनिक “लाइभ्स ओकेशन केक सप” सञ्चालनमा


  • आक्रमण न्युज
  • २०८२ चैत्र १३, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ११८ पाठक संख्या
  • चितवन। भरतपुर महानगरपालिका–२१ स्थित पार्वतीपुर बजारमा आजदेखि अत्याधुनिक प्रविधियुक्त नयाँ केक उद्योग सञ्चालनमा आएको छ। “लाइभ्स ओकेशन केक सप” नामक उक्त उद्योगले स्थानीय बजारमा नयाँ स्वाद र सेवा थप्ने अपेक्षा गरिएको छ।

    उद्योगका प्रोपाइटर भिमलाल लामाका अनुसार पारिवारिक जमघट, जन्मदिन, विवाह तथा अन्य विभिन्न समारोहका लागि उपयुक्त हुने गरी गुणस्तरीय केक तथा बेकरी सामग्री उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो।

    कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याइएको यस उद्योगमा दक्ष तथा अनुभवी कालिगढहरूद्वारा केक तथा अन्य बेकरी परिकार तयार गरिने जनाइएको छ। साथै, निकट भविष्यमा उद्योगको शाखा विस्तार गर्ने योजना समेत रहेको लामाले जानकारी दिए।

    हाल यस उद्योगमा केकसहित विभिन्न बेकरी परिकारहरू उत्पादन भई होलसेल तथा खुद्रा दुवै रूपमा बिक्री वितरण गरिनेछ। उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था समेत गरिएको उद्योगले जनाएको छ।

    स्थानीय स्तरमै आधुनिक प्रविधि र गुणस्तरीय उत्पादनसहित सञ्चालनमा आएको यस केक उद्योगले रोजगारी सिर्जना गर्नुका साथै बजारमा प्रतिस्पर्धा र सेवा विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट