आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

दुरगामि नेता ‘बालेन्द्र शाह’


  • आक्रमण न्युज
  • २०८३ बैशाख २६, शनिबार मा प्रकाशित १ महिना अघि
  • २४४ पाठक संख्या
  • हरेक राजनीतिक पार्टीका नेताबीच आन्तरिक द्वन्द्व चर्किएको छ । सकारात्मक दृष्टिकोणबाट हेर्दा यो राम्रो कुरा हो । पार्टीभित्रको आन्तरिक द्वन्द्वले पार्टीलाई दुर्घटनाबाट जोगाउँछ, नेतृत्वलाई गल्ती, कमजोरी सच्याउने मौका दिन्छ । त्यसैले नेताहरूले आफैँले आफैँलाई सुधार्नुपर्छ, अन्यथा सुधार्नका लागि पार्टीभित्रैबाट कार्यकर्ताहरूले दबाब सृजना गरिनुपर्छ । तर, व्यवहारमा नेताहरूले आन्तरिक लोकतन्त्रलाई सवल र सदृढ गर्न नसक्नुले पार्टीभित्र अनेक खालका विकृति र विसंगति झाँगिँदै गएको छ ।

    त्यसलाई गोडमेल गर्ने काम नेता, कार्यकर्ताहरूकै हो । तर पछिल्लो समय पार्टीमा नीति होइन, नेता प्रधानको प्रवृत्ति झाँगिँदै गएकोले नेताका विरुद्ध कोही पनि ‘चूँ’सम्म बोल्दा सक्दैन । नेताले जस्तोसुकै गल्ती गरे पनि ठिक भन्ने जुन खालको अवसरवाद हाबी भएको छ, त्यसले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाएको छ । लोकतन्त्र कमजोर हुँदा अराजकता बढ्छ । अहिले जताततै अराजकता किन बढिरहेको छ भने मुलुक कानुनी बाटोमा होइन, दण्डहीनतातर्फ उन्मुख छ । धेरै कानुनहरू देश र आम नागरिकको हितमा छैन, स्वार्थ समूह र बिचौलियाको स्वार्थमा गरिएको सबैले बुझेको कुरा हो । त्यसको जति चिन्तन मनन हुनुपर्ने हो त्यो हुन सकेको छैन !

    यसैको उदाहरण हुन वर्तमान प्रम बालेन्द्र शाह जसले न्यायपालिका शुद्धिकरण का लागि चाल्नु भएको उचित कदम बाट बिचौलिया प्रथाको अन्त्य हुने विश्वास गर्न सकिन्छ ! नेता प्रम वालेन्द्र शाह जस्तो दूरगामी हुनुपर्छ । कतिपय विषयमा चित्त नबुझे पनि वहा ले तत्कालै प्रतिक्रिया दिन हतार गर्नु हुन्न । बैठक बोलाएर बहस, छलफलको माध्यमबाट समस्याको निकास निकाल्न खोज्नु हुन्छ ! भाषणले मात्रै विद्रोहको पुष्टि हुँदैन, व्यवहारमा देखिनुपर्छ । प्रम बालेन्द्र शाह ले जस्तै तत्काल बैठक बोलाएर ठोस परिस्थितिको तार्किक निष्कर्ष निकालेर अगाडि बढन सक्नु नै नेताको खुबि मानिन्छ ! यस्तो गुण वर्तमान प्रम बालेन्द्र शाहमा पाइएको छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट