आज: २०८३ श्रावण ९, शनिबार | Sat, 25, Jul, 2026

टिपरको ठक्करबाट मृत्यु


  • आक्रमण न्युज
  • २०८३ श्रावण ९, शनिबार मा प्रकाशित ३ घण्टा अघि
  • १८ पाठक संख्या
  • चितवन । टिपरको ठक्करबाट यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुली रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पराजुलीको उपचारको क्रममा चितवन मेडिकल कलेज (सिएमसी) मा मृत्यु भएको हो । शुक्रबार दिउँसो ३ः३० बजे भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोकमा गैँडाकोटबाट आउँदै गरेको ग १ क ४८८१ नम्बरको टिपरले पैदलयात्रा गरिरहेका पराजुलीलाई ठक्कर दिएको थियो ।

    उपचारको क्रममा आज उहाँको मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट