आज: २०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

एक करोड चौविस लाखमा बन्यो कोशेली गृह, आजबाट सञ्चालनमा


  • आक्रमण न्युज
  • २०८३ भाद्र १९, शुक्रबार मा प्रकाशित २ घण्टा अघि
  • १७ पाठक संख्या
  • सुर्खेत । कर्णाली प्रदेश सरकारको एक करोड २४ लाखको लगानीमा बनेको कोशेल गृह आजबाट सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको वडा नम्बर ६ हटियालाईनमा निर्मित उक्त गृहको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले उद्घाटन गरेकी हुन् ।

    उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका कार्यालय प्रमूख मुकुन्दनाथ योगीका अनुसार भवन निर्माण भने २०७९ साल कात्तिकमा नै सम्पन्न भएको थियो तर गृहको सञ्चालनका बारेमा नीति बनाउन, त्यसलाई सञ्चालन गर्न आवश्यक कार्य गर्नुपर्ने भएका कारण ढिलाई भएको हो ।

    उक्त गृहबाट हाल नौ जनाले प्रत्यक्ष रोजगारी पाएका छन भने ६ लाख २५ हजार वार्षिक रुपमा सरकारले भाडा पाउने भएका छन् । यसका अलावा अबको केहि दिनमा नै दोश्रो तलामा व्यवसाय सुरु हुने उनको भनाई छ ।

    ‘उक्त गृहमा अहिले पाँच प्रकारका व्यवसाय सञ्चालनमा रहेका छन् । यहाँ कर्णालीका कच्चा पर्दाथबाट निर्मित काष्ठकलाका सामाग्रीहरु, जडिवुटी, स्थानीय कपडा, खाद्यान्नका उद्योग सञ्चालनमा छन्,’ योगीले भने, ‘औधोगिक पर्यटन, कर्णालीको पहिचान देश विदेशमा बढाउन, श्रम प्रविधिको प्रयोग गरी रोजगारी सिर्जना गर्न यो गृहले महत्वपूर्ण योगदान दिने अपेक्षा कार्यालयले लिएको छ ।’

    मन्त्री खड्काले कर्णाल प्राकृतिक स्रोत र सम्पदाको धनी भएको बताउँदै कर्णालीका अर्गानिक उत्पादनको बजारीकरण गरे यहाँको विकास हुने बताइन् ।

    ‘यस्ता खालका गृह सञ्चालनमा युवाले रोजगारी त पाउँछन नै, कर्णालीमा खेर गईरहेका प्राकृतिक स्रोत साधनको प्रयोगले कर्णाली प्रदेशका नागरिकलाई आर्थिक समृद्धितर्फ लैजाने अपेक्षा सरकारको छ,’ मन्त्री खड्का भन्छिन्, ‘आगामी दिनमा सरकारले यस्ता क्षेत्रमा सकेसम्म बढी भन्दा बढी लगानी गर्ने नीति अख्तियार गर्नेछ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट