आज: २०८३ भाद्र २२, सोमबार | Mon, 07, Sep, 2026

चितवन गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण भदौ २७ देखि


  • आक्रमण न्युज
  • २०८३ भाद्र २२, सोमबार मा प्रकाशित १ घण्टा अघि
  • १० पाठक संख्या
  • चितवन । भरतपुर फुटबल क्लव (बिएफसी) ले आयोजना गर्दै आएको चितवन गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी भदौ २७ देखि असोज ३ गतेसम्म नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा हुने भएको छ।

    बिएफसीले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी सार्वजनिक गरेको हो। यसअघि १० टोलीको सहभागितामा प्रतियोगिता हुँदै आएकोमा यस पटक स्तरीयतामा जोड दिँदै ८ टोली मात्र सहभागी हुनेछन्। मलेसियाको एनपेनाड एफसी र भुटानको पक्षम फुटबल क्लबसहित नेपालका एपिएफ क्लब काठमाडौं, सातदोबाटो युवा क्लब ललितपुर, रेड हर्स एफसी इलाम लगायतका टोली सहभागी हुनेछन्।

    विजेता टोलीले ट्रफीसहित ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसका साथै प्लेयर अफ द टुर्नामेन्टलाई २० हजार, बिधागत उत्कृष्ट खेलाडीलाई १० हजार र प्लेयर अफ द म्याचलाई केलही चितवनको तर्फबाट ५ हजार रुपैयाँ बराबरको पुरस्कार दिइनेछ।

    खेल हेर्नका लागि पहिलो चरणदेखि सेमिफाइनलसम्म १०० रुपैयाँ र फाइनलको लागि २०० रुपैयाँको टिकट व्यवस्था गरिनेछ।

    प्रतियोगिताको मुख्य प्रायोजक हानामी इन्टरनेशनल र संरक्षक भरतपुर महानगरपालिका रहेको छ। खेल गोलनेपाल डटकम मार्फत प्रत्यक्ष प्रसारण हुनेछ। प्रतियोगिता सम्पन्न गर्न करिब ५४ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

    पत्रकार सम्मेलनमा बिएफसीले रसुवा र भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट