
भरतपुर/स्वास्थ्यकर आहार विहार, शारीरिक तन्दुस्तताको लागि नियमित व्यायामका साथै व्यस्त जीवनशैलीलाई सहजता बनाउने हेतुका साथ “स्टे फिट, स्टे हेल्दी” भन्ने मूल उद्देश्यका साथ भरतपुर महानगरपालिका वडा नं. ८, लालीगुराँसचोकमा त्रिशा “द जुम्बा स्टुडियो” छिट्टै सञ्चालनमा आउने भएको छ ।
सञ्चालनको अन्तिम चरणमा रहेको त्रिशा “द जुम्बा स्टुडियो”ले चितवन जिल्लाभित्र जिम र हेल्थमा लामो समयदेखि काम गर्दै अनुभव प्राप्त प्रशिक्षक एवम् विज्ञहरुको प्रत्यक्ष रोहवरमा मंगलबार दिउँसो २ बजेदेखि ५ बजेसम्म निःशुल्क प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको स्टुडियोकी सञ्चालिका सरिता सुवेदीले जानकारी दिनुभयो । निःशुल्क प्रशिक्षण कार्यक्रममा स्टुडियोबाट प्राप्त सेवाहरु र स्वास्थ्य जीवनयापनका लागि आवश्यक स्वास्थ्य टिप्स लगायतका विषयमा विज्ञहरुद्वारा प्रशिक्षण गराईनेछ ।
एकै थलोबाट संगीतका माध्यमबाट मिनी जिमको व्यवस्था सहित जुम्बा क्लास, हेल्थ टिप्स, थेउरी क्लासको सेवा सहित नियमित योजना, विद्यार्थी लक्षित योजना र विभिन्न व्यक्तिहरुको व्यस्त समयलाई मध्यनजर गर्दै विदाको समय समेत प्रयोग गर्न मिल्ने अवसर योजना सहितका विभिन्न प्याकेजहरुको सेवा सञ्चालन गरिने लक्ष्य लिइएको छ । बिहान ४ः३० बजेबाट सेवा शुरु हुने स्टुडियो मार्फत नृत्य कक्षाहरुको समेत सञ्चालन हुँदैछ । स्टुडियोको व्यवसायिक रुपमा भने २०८२ साउन २९ गते, बिहीबार ११ बजे एक समारोहका बीच शुभारम्भ हुँदैछ ।
प्रतिक्रिया दिनुहोस