आज: २०८३ भाद्र २६, शुक्रबार | Fri, 11, Sep, 2026

प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य नलिन ग्यास उद्योगको आग्रह


  • आक्रमण न्युज
  • २०८३ भाद्र २६, शुक्रबार मा प्रकाशित १ घण्टा अघि
  • १९ पाठक संख्या
  • काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य नलिन बिक्रेतालाई आग्रह गरेको छ ।

    उद्योगले हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्राहक तथा अधिकृत बिक्रेताहरूले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री–वितरण नगर्न आग्रह गरेको हो ।

    ग्यास उद्योगले शुक्रबार सूचना जारी गर्दै ग्यासको मूल्य २०६० रुपैयाँ तथा १०५.३८ गाडी भाडासमेत जोडेर जम्मा २१६५.३८ रुपैयाँमा बिक्री वितरण गर्न आग्रह गरेको छ । यदि सो भन्दा बढी मूल्य लिई बिक्री गरेको प्रमाण पाइएमा अधिकृत बिक्रेतासमेत खारेज गर्न सकिने  ग्यास उद्योगले चेतावनी दिएको छ ।

    ‘हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्यासको मूल्य २०६० तथा १०५.३८ गाडी भाडासमेत जोडेर जम्मा २१६५.३८ मा बिक्री वितरण गर्नुहोला । यदि सो भन्दा बढी मूल्य लिई बिक्री गरेको प्रमाण पाइएमा अधिकृत बिक्रेतासमेत खारेज गर्न सकिने ब्यहोरा जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट