आज: २०८३ कार्तिक १६, सोमबार | Mon, 02, Nov, 2026

‎बिहारमा ब्राह्मण समाजको १५ सूत्रीय मागसहित मौन संकल्प पदयात्रा


  • आक्रमण न्युज
  • २०८३ कार्तिक १६, सोमबार मा प्रकाशित १ घण्टा अघि
  • ११ पाठक संख्या
  • रौतहट । भारतको बिहार राज्यको राजधानी पटनामा आइतबार ब्राह्मण समाजले १५ सूत्रीय माग अघि सार्दै मौन संकल्प पदयात्रा निकालेको छ।

    लोक मञ्चका संस्थापक आशीष कुमार झा ‘बब्बू’को नेतृत्वमा आयोजित पदयात्रामा गुलाबी पगरी लगाएर ठूलो संख्यामा ब्राह्मण समुदायका व्यक्तिहरू सहभागी भएका थिए।

    पटनास्थित मिलर ग्राउन्डमा सभा गरेपछि सुरु भएको पदयात्रा शहीद स्मारक पुगेर सम्पन्न भएको थियो ।
    पदयात्राका क्रममा जेसीबी मेसिनबाट सहभागीहरूमाथि पुष्पवृष्टिसमेत गरिएको थियो।

    ब्राह्मण समाजले अघि सारेका प्रमुख मागमा बिहारमा ब्राह्मण कल्याण बोर्ड गठन, जनसंख्याको अनुपातमा प्रतिनिधित्व तथा हिस्सेदारी सुनिश्चित, आर्थिक रूपमा कमजोर वर्ग (ईडब्लूएस) सम्बन्धी समस्याको समाधान र संस्कृत विद्यालयहरूको सुदृढीकरण रहेका छन्।

    त्यसैगरी सहरसामा रहेको भारती–मण्डन विश्वविद्यालयको पुनर्निर्माण तथा भगवान् परशुराम जयन्तीका अवसरमा सार्वजनिक बिदा घोषणा गर्नुपर्ने मागसमेत उठाइएको छ।

    पदयात्रापछि आयोजकहरूले बिहारका राज्यपालसमक्ष ज्ञापनपत्र बुझाउँदै आफ्ना १५ सूत्रीय मागप्रति गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेका छन्।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑