जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेल लामिछानेले जनकपुरधाममा छठ पर्वअन्तर्गत आज साँझ खरना व्रत मनाउनुभएको छ ।
लामिछाने दम्पतीले जनकपुरधामको शिवचोकस्थित स्थानीय नरेश साहको घरमा पुगेर छठ पर्वको खरना विधि सम्पन्न गर्नुभएको हो । छठ पर्वको धार्मिक, सांस्कृतिक तथा पारम्परिक महत्त्वलाई आत्मसात् गर्दै विधि र परम्पराअनुसार पर्व मनाउन उहाँहरू आज जनकपुरधाम पुग्नुभएको हो ।
छठ पर्वका अवसरमा जनकपुरधाम आउनुभएका लामिछाने दम्पतीले यहाँको धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुँदै खरना व्रत मनाउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस