Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ११, शुक्रबार | Fri, 27, Nov, 2026

नोभेम्बर २७ मा विश्व: हेलेन क्लार्क न्युजिल्यान्डको पहिलो निर्वाचित महिला प्रधानमन्त्री


  • आक्रमण न्युज
  • २०८३ मंसिर ११, शुक्रबार मा प्रकाशित २९ मिनेट अघि
  • २ पाठक संख्या
  • काठमाडाैं ।  नोभेम्बर २७ को मिति विश्वको राजनीतिक तथा ऐतिहासिक घटनाक्रममा कूटनीति, राज्य पुनर्संरचना, युद्धकालीन मोड र संस्थागत स्थापनाका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। प्राचीन रोमको सत्ता समीकरणदेखि आधुनिक कूटनीतिक निर्णय र लोकतान्त्रिक इतिहासका कोसेढुङ्गाहरू यही मितिमा जोडिएका छन्।

    दोस्रो ट्राइअमभिरेट गठन (ई.पू. ४३) : रोमन गणतन्त्रको सत्ता सन्तुलन बदल्दै अक्टाभियन (पछि सम्राट अगस्टस), मार्क एन्टनी र लेपिडसबीच औपचारिक राजनीतिक गठबन्धन (दोस्रो ट्राइअमभिरेट) गठन भयो, जसले रोमको शासनसत्तामा ठुलो प्रभाव पारेको थियो।

    नोबेल पुरस्कारको स्थापनासम्बन्धी इच्छापत्र (१८९५) : स्वीडिस वैज्ञानिक तथा आविष्कारक अल्फ्रेड नोबेलले पेरिसमा आफ्नो अन्तिम इच्छापत्रमा हस्ताक्षर गर्दै आफ्नो सम्पत्तिको ठुलो हिस्सा विज्ञान, साहित्य र विश्व शान्तिका क्षेत्रमा योगदान पुर्‍याउनेहरूका लागि वार्षिक ‘नोबेल पुरस्कार’ स्थापना गर्ने व्यवस्था मिलाएका थिए ।

    न्यूली सन्धिमा हस्ताक्षर (१९१९) : प्रथम विश्वयुद्धपछि मित्र राष्ट्रहरू र बुल्गेरियाबीच फ्रान्सको न्यूली-सुर-सेनमा शान्ति सन्धि सम्पन्न भयो। यसले युद्ध क्षतिपूर्ति निर्धारण गर्नुका साथै युगोस्लाभियाको अस्तित्व तथा सिमानासम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण भूमिका खेल्यो।

    तेहरान सम्मेलनको सुरुवात (१९४३) : दोस्रो विश्वयुद्धको निर्णायक चरणमा मित्र राष्ट्रका तीन प्रमुख नेता अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजभेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिन बीच इरानको तेहरानमा ऐतिहासिक सम्मेलन सुरु भयो, जहाँ युरोपमा दोस्रो मोर्चा खोल्ने र युद्धपछिको सुरक्षा व्यवस्थाबारे छलफल गरियो।

    टुलोनमा फ्रान्सेली नौसेनाका जहाज डुबाइयो (१९४२) : दोस्रो विश्वयुद्धका क्रममा फ्रान्सको टुलोन बन्दरगाहमा रहेका आफ्ना युद्धपोत र पनडुब्बीहरूलाई नाजी जर्मनीको नियन्त्रणमा पर्न नदिन फ्रान्सेली नौसेनाले आफ्नै जहाजहरू डुबाउने कठोर कदम चाल्यो।

    मौरिटानियाको स्वतन्त्रता घोषणा (१९६०) : अफ्रिकी महादेशको औपनिवेशीकरणको लहरसँगै मौरिटानियाले फ्रान्सेली औपनिवेशिक शासनबाट स्वतन्त्रता घोषणा गर्‍यो।

    बेलायतको युरोपेली साझा बजार प्रवेशमा फ्रान्सको अस्वीकृति (१९६७) : फ्रान्सेली राष्ट्रपति चार्ल्स डी गोलले बेलायतलाई युरोपेली साझा बजारमा समावेश गर्ने प्रयासमा पुनः कडा असहमति जनाउँदै अस्वीकार गर्नुभयो, जसले युरोपेली एकीकरणको इतिहासमा चर्चित कूटनीतिक अडानका रूपमा स्थान पायो।

    जेराल्ड फोर्ड अमेरिकी उपराष्ट्रपतिमा अनुमोदित (१९७३) : अमेरिकी सिनेटले २५ औँ संवैधानिक संशोधनअन्तर्गत जेराल्ड फोर्डलाई अमेरिकाको उपराष्ट्रपतिका रूपमा अनुमोदन गर्न मतदान गर्‍यो , स्पिरो एग्न्युको राजीनामापछि उनी मनोनीत भएका थिए र पछि राष्ट्रपति बने ।

    हेलेन क्लार्क न्युजिल्यान्डको पहिलो निर्वाचित महिला प्रधानमन्त्री (१९९९) : लेबर पार्टीको नेतृत्वमा सरकार गठन भएसँगै हेलेन क्लार्क न्युजिल्यान्डको इतिहासमा आमनिर्वाचनमार्फत प्रधानमन्त्री बन्ने पहिलो महिला बनिन ।

    क्यानडाको संसद्द्वारा क्युबेकलाई ‘राष्ट्र’ मान्यता दिने प्रस्ताव पारित (२००६) : क्यानडाको तल्लो सदन (हाउस अफ कमन्स) ले प्रधानमन्त्री स्टेफेन हार्परले प्रस्तुत गरेकाे प्रस्ताव पारित गर्दै क्युबेकवासीलाई क्यानडाभित्रको एक ‘राष्ट्र’ का रूपमा मान्यता दियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑