Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १२, शनिबार | Sat, 28, Nov, 2026

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा


  • आक्रमण न्युज
  • २०८३ मंसिर ११, शुक्रबार मा प्रकाशित १५ घण्टा अघि
  • १५ पाठक संख्या
  • ‎काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् ।

    ‎‎राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका छन् ।
    ‎‎साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रधानमन्त्री शाहले राेकिएका चार अध्यादेशबारे राष्ट्रपति पाैडेलसँग चासाे राखेका थिए ।

    ‎आजै सत्तारूढ रास्वपा सभापति रवि लामिछाने शीतलनिवास पुगेर राष्ट्रपति पाैडेलसँग कुराकानी गरेका थिए ।

    ‎आाजै राष्ट्रिय सुरक्षा परिषदकाे बैठक बसेकाे थियोे । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अध्यक्ष,अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले,परराष्ट्र मन्त्री शिशिर खनाल,गृहमन्त्री सुधन गुरूङ,मुख्य सचिव गाेविन्द बहादुर कार्की र प्रधानसेनापति महारथी अशाेकराज सिग्देल सदस्यका रूपमा सहभागी भएका छन। साथै रक्षा सचिव इन्दु घिमिरे  र गृह सचिव केदारनाथ शर्मा पनि आमन्त्रितका रूपमा सहभागी थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑