Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १२, शनिबार | Sat, 28, Nov, 2026

बाेडेस्थित हाेल्डिङ सेन्टर पुग्याे प्रहरी, सुकुम्बासीमाथि धरपकड


  • आक्रमण न्युज
  • २०८३ मंसिर ११, शुक्रबार मा प्रकाशित १५ घण्टा अघि
  • १६ पाठक संख्या
  • ‎काठमाडौं । प्रहरीले भक्तपुरको बाेडेस्थित हाेल्डिङ सेन्टरबाट सुकुम्बासीलाई धरपकड गरेको छ ।‎शुक्रबार बिहानदेखि होल्डिङ सेन्टरको गेटबाहिर पलेँटी कसेर धर्ना बसेकालाई प्रहरीले समातेर लगेकाे हाे ।

    ‎‎सुकुम्बासीहरुले कोही ‘व्यवस्था नगरी हटाउन पाइँदैन!’ लेखिएको पर्चा समातेका थिए भने कोहीले ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन!’ लेखेका छन्।
    ‎‎सँगै बसेका अर्का बालकले ‘बास नदिई निकाल्ने सरकार मुर्दावाद!’ लेखिएको कागज उचालेका छन् भने छेवैमा बसेकी एक महिलाको हातमा ‘होल्डिङ सेन्टर उठिबास बन्द गर!’ लेखिएको पर्चा छ।
    ‎‎बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रित १९ परिवारका ५९ जना विस्थापित शुक्रबार बिहानैदेखि यसरी रित्तो थाल ठटाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरूलाई समातेकाे हाे ।
    ‎‎जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना टाँसेर शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न अल्टिमेटम दिएपछि उनीहरू आन्दोलित बनेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑