Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

आजदेखि औपचारिक रूपमा दशौँ खेलकुद सुरु : आजै नौ खेलमा प्रतिस्पर्धा


  • आक्रमण न्युज
  • २०८३ मंसिर १२, शनिबार मा प्रकाशित १८ घण्टा अघि
  • १९ पाठक संख्या
  • सुर्खेत । कर्णाली प्रदेशमा जारी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (शनिबार) नौ खेलमा प्रतिस्पर्धा हुने भएको छ ।

    खेल तालिकाअनुसार जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते, महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन् ।

    महिला क्रिकेट वीरेन्द्रनगर रङ्गशाला र पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछन् । पुरुष फुटबल मुख्य रङ्गशाला तथा महिला बास्केटबल वीरेन्द्रनगर रङ्गशालामा सञ्चालन हुने तालिका छ ।

    त्यस्तै, टेनिस बर्दियामा, कबड्डी मुख्य कबड्डी हल र जिम्न्यास्टिक मिनी कबड्डी हल (सुर्खेत) मा हुनेछन् । फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल (सुर्खेत) तथा शारीरिक सुगठन रुकुम पश्चिमको चौरजहारीमा आयोजना हुनेछन् ।

    तालिकाअनुसार शारीरिक सुगठन बिहान ८ बजेदेखि सुरु हुनेछ भने टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, कराँते, महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछन् ।


    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑