आज: २०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

गरिमा विकास बैंकले निवर्तमान सीईओ ढकालको गर्यो बिदाइ


  • आक्रमण न्युज
  • २०८१ बैशाख २, आईतबार मा प्रकाशित २ साल अघि
  • ४७७ पाठक संख्या
  • बैशाख २, २०८१
    काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बुढानिलकण्ठस्थित एक रिसोर्टमा विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । बैकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

    उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पूर्वअध्यक्षहरू, गरिमा म्युचुअल फन्डका कोष सुपरिवेक्षक, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारी तथा अन्य कर्मचारीसमेतको उपस्थिति रहेको थियो ।

    विगत १५ वर्षदेखि सीईओको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएसँगै बैंकको चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । पद तथा गोपनियताको शपथ ग्रहणपश्चात् बोल्दै नवनियुक्त सीईओ उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी बैंकलाई थप उचाइँमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे ।

    त्यसैगरी निवर्तमान सीईओ ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समितिप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले बैंकलाई यो उचाइँसम्म पुर्याउनका लागि निवर्तमान सीईओ खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै नवनियुक्त सीईओको नेतृत्वमा बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट