Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १, मंगलबार | Tue, 17, Nov, 2026

कांग्रेस लुम्बिनीको महिला महामन्त्रीमा पाण्डेको उम्मेदवारी


  • आक्रमण न्युज
  • २०८३ मंसिर १, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • ३७ पाठक संख्या
  • कोहलपुर मंसिर १- स्वास्थ्यकर्मी तथा सामाजिक क्षेत्रमा सक्रिय अन्जना पाण्डेले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी छन् ।
    विद्यार्थी राजनीतिदेखि स्वास्थ्य सेवा, शिक्षण तथा सामाजिक क्षेत्रमा अनुभव हासिल गरेकी पाण्डेले महिला नेतृत्वको सशक्तीकरण, नयाँ पुस्ताको प्रतिनिधित्व र पार्टी संगठनलाई समयअनुकूल रूपान्तरण गर्ने लक्ष्यसहित उम्मेदवारी अघि सारेकी हुन् ।
    कक्षा ९ मा अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा सक्रिय पाण्डेले बालकुमारी नर्सिङ क्याम्पसमा समेत संगठनको जिम्मेवारी सम्हालेकी थिइन् । उनले नर्सिङमा स्नातक पूरा गर्नुका साथै नर्सिङ सुपरभाइजर र शिक्षण क्षेत्रमा समेत काम गरेको अनुभव छ ।
    उच्च शिक्षाका लागि बेलायत पुगेकी पाण्डेले त्यहाँको एज हिल विश्वविद्यालयबाट पब्लिक हेल्थ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । नेपाल फर्किएपछि समाजशास्त्रमा समेत स्नातकोत्तर गरेकी उनी हाल कानून विषयमा एलएलबी अध्ययनरत छिन् ।
    राजनीतिक यात्राका क्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा प्रदेश स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेकी पाण्डेले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम तथा गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेकी छन्।
    स्वास्थ्य सेवा, शिक्षा, सामाजिक कार्य र राजनीतिमा हासिल गरेको अनुभवलाई पार्टी संगठनको नेतृत्वमा उपयोग गर्ने उनको लक्ष्य छ।
    महिलालाई पार्टीको नेतृत्व तहमा अर्थपूर्ण सहभागिता गराउँदै युवाको क्षमता र दक्षतालाई संगठनमा स्थापित गर्नुपर्ने धारणा राख्ने पाण्डेले नेपाली कांग्रेसलाई थप गतिशील, जिम्मेवार र जनतासँग जोडिएको पार्टी बनाउने प्रतिबद्धतासहित महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑