आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

सांस्कृतिक महासंघमा विवाद चुलियो, सभापति थापा एकलौटी चलेको आरोप


  • आक्रमण न्युज
  • २०८१ मंसिर २२, शनिबार मा प्रकाशित १ साल अघि
  • ५०५ पाठक संख्या
  • मंसिर २२, २०८१
    काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक नेपाल सांस्कृतिक महासंघमा विवाद चुलिएको छ। कांग्रेसले २०७३ सालमा नेपाल सांस्कृतिक संघमा अध्यक्षमा तीर्थ थापासहित पाँच जना पदाधिकारीसहितको समिति ल्याएको थियो।
    २०७५ सालमा केन्द्रीय समिति गठन गरी स्थापना भएको संघले २०८० मा महासंघको रुप लिएको थियो। त्यसपछि पार्टीले पाँच जनाको समितिलाई मान्यता दिँदै महासंघ घोषणा गरेको थियो।
    त्यसपछि महासंघमा केन्द्रीय अध्यक्ष तीर्थ थापा र महामन्त्री शिबशंकर रिजाल ९जोगिन्दर०को समूहले एकलौटी केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष मनोनित गरेको भन्दै महासंघभित्र असन्तुष्टि बढेको हो। असन्तुष्ट वरिष्ठ उपाध्यक्ष,दुई जना महामन्त्रीसहित तीन जनाको समूहले अध्यक्षको कार्यशैलीविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका छन्।
    कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई ध्यानाकर्षणसहितको उजुरी पार्टी कार्यालयमा दर्ता भएको बताइएको छ। उजुरीमाथि सुनुवाइ नहुँदै अध्यक्ष थापा र महामन्त्री रिजालले विराटनगरमा आयोजना हुनेगरी मंसिर २४ र २५ मा विभिन्न तहका अध्यक्षसहितको केन्द्रीय समिति भेला आह्वान गरेसँगै विवाद थप छताछुल्ल भएको छ। अध्यक्षकै निर्णयविरुद्ध उपाध्यक्षसहित तीन जनाको समूहले बैठकमा सहभागी नहुन आग्र गर्दै प्रेस विज्ञप्ति आह्वान गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑