आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

रोटरी क्लब डिल्लिबजारद्वारा ‘रोटा तीज – २०२५’ भव्य रूपमा सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ भाद्र ५, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • ३६६ पाठक संख्या
  • काठमाडौं । रोटरी क्लब डिल्लिबजारले नेपाली महिलाहरूको महान् पर्व तीजको अवसर पारेर ‘रोटा तीज – २०२५’ भव्य रूपमा सम्पन्न गरेको छ। क्लबका अध्यक्ष प्रेम वलीको सभापतित्वमा र रोटरी डिस्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर रोटरियन अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी अनिश बज्राचार्य, पास्ट प्रेसिडेन्ट अफ रोटरी क्लब अफ ठमेलकी सरोजनी शेरचन, डिस्ट्रिक्ट अल्मुनाइ चेयर भवानी देवकोटा र डिस्ट्रिक्ट अफिसियल महेश वीर बज्राचार्यको विशेष उपस्थितिले समारोहलाई अझै आकर्षक बनाएको थियो।

    सांगीतिक र सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा रौनकता थपेका थिए। राष्ट्रिय स्तरका कलाकार प्रेम प्रकाश वली, गोविन्द मधुर आचार्य, सुनिता कार्की, उदिराम खड्का, बिर्मा खड्का, मनोहरी थापा र ईन्द्र शेखर खडकाले गीत, नृत्य तथा हाँस्य प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाए। साथै, रोटरियन तथा स्पाउसहरूले प्रस्तुत गरेका नृत्यले पनि माहोललाई उल्लासमय बनायो ।

    कार्यक्रमको विशेष आकर्षण फेशन शो रह्यो। १६ जना रोटरियन तथा स्पाउसले भाग लिएको सो प्रतियोगितामा स्पाउस पुष्प पौडेल प्रथम, शिलु पौडेल द्वितीय र स्मिता खड्का तृतीय घोषित भए। निर्णायक मण्डलमा भवानी देवकोटा, मनोहरी थापा र शर्मिला लिङ्खा रहेका थिए।

    पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुलीले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख अतिथि अशोक श्रेष्ठले आफ्नो मन्तव्यमा यस किसिमका कार्यक्रमहरूले आमा–छोरीदेखि हजुरआमासम्म सबै महिलालाई सम्मान गर्ने, एकताबद्ध बनाउने र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने महत्त्वपूर्ण योगदान रहेको बताए।

    प्रथम महिला उर्मिला खड्काको संयोजनमा सम्पन्न कार्यक्रमलाई सञ्चारकर्मी शशी शर्मा मजगैयाँले अत्यन्तै शिष्ट र भव्य शैलीमा सञ्चालन गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट