आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

“पर्वतको कुश्मा” गीत सार्वजनिक,


  • आक्रमण न्युज
  • २०८२ अषाढ ३२, बुधबार मा प्रकाशित ४ महिना अघि
  • २३१ पाठक संख्या
  • रत्ननगर । कला र संस्कृतिमा निरन्तर सक्रिय वरिष्ठ सर्जक टिकाराम लामिछानेको नयाँ सांगीतिक सिर्जना “पर्वतको कुश्मा” सार्वजनिक गरिएको छ । भरतपुर, चितवनमा रहेर कला क्षेत्रमा योगदान दिँदै आएका लामिछानेको यो गीतमा उनको आफ्नै शब्द तथा संगीत रहेको छ, जसले पर्वत जिल्लाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विशेषताहरुलाई समेटेको छ ।

    गीतमा स्वर दिएका छन् लोकप्रिय गायक कृष्ण अधिकारीले, जसलाई चर्चित गायिका मिना लामा ले साथ दिएकी छन् । “ह्याप्पी मिडिया” को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा पर्वत जिल्लाका रमणीय स्थलहरू झल्किने गरी छायांकन गरिएको छ ।

    भिडियोमा कोरस नृत्य अन्जित बोहराले गरेका छन् भने मुख्य कलाकारको रुपमा स्वयं सर्जक टिकाराम शर्मा लामिछाने र सन्ध्या आचार्य देखिएका छन् । गीतको छायांकन कृष्ण प्रसाद देवकोटाले गरेका हुन् भने सम्पादन तथा निर्देशनको जिम्मेवारी रामु आचार्यले सम्हालेका छन् ।

    गीतले न केवल पर्वत जिल्लाको सौन्दर्य झल्काउँछ, तर त्यस क्षेत्रको संस्कृति र पर्यटकीय सम्भावनालाई पनि उजागर गर्ने प्रयास गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट