आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

ललितपुरमा भूकम्पले भत्किएका पाटी पौवा पुनःनिर्माण


  • आक्रमण न्युज
  • २०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ३५० पाठक संख्या
  • काठमाण्डौ बैशाख ७, – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण गरिएको जानकारी दिनुभएको छ । विश्वसम्पदा दिवसको अवसरमा उहाँले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताउनुभयो । यसको संरक्षणका लागि महानगर सधैँ सक्रिय रहेको र वर्षौंदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको बताउनुभयो ।

    विश्वसम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको मेयर महर्जनको भनाई छ । विश्वसम्पदा दिवसकै सन्दर्भमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो ।

    रङ्गीन धागो महानगरका मेयर महर्जनले शरीरमा बेरेर दिवस उद्घाटन गर्नुभएको थियो । प्रमुख महर्जनले उद्घाटन गरेपछि उपस्थित अरु सबैले शरीरमा धागो बेर्दै पाटन दरबार परिसरका सम्पदा घेरेका थिए । हिजो विश्व सम्पदा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट