आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

कृषि मेलामा दिगो खाद्य प्राणालीका लागि कृषिमा रुपान्तरण विषयक बहस


  • आक्रमण न्युज
  • २०८१ पौष १, सोमबार मा प्रकाशित १ साल अघि
  • २७९ पाठक संख्या
  • पौष १, २०८१
    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको तेस्रो दिन दिगो खाद्य प्रणालीका लागि कृषिमा रुपान्तरण विषयक बहस गरिएको छ ।
    बहसमा वक्ताहरुले कृषिमा आधुनिकिकरण गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि कृषि नीतिलाई पनि आधुनिक कृषिमैत्री बनाउनु पर्नेमा जोड दिएका छन् ।
    कृषिको जग्गामा कर कम गर्ने, जग्गा बाँझो राख्न नदिने, जथाभावी जग्गा खण्डिकरण गर्न नदिने लगायतका नीति ल्याउन आवश्यक रहेको कुरा बहसका क्रममा औंल्याइएको छ ।
    कृषि रुपान्तरणका लागि विश्वविद्यालयको तहबाट भएका अनुसन्धानलाई प्रसारसँग जोडेर किसान समक्ष पुर्याउनु पर्ने आवश्यकता आंैल्याइएको छ ।
    देशभर संघ र प्रदेशको ६५ अर्ब र स्थानीयको ३५ अर्ब गरी कुल १ खरब बजेट यो आर्थिक वर्षमा विनियोजन गरिएको कुरा गर्दै वक्ताहरुले यसलाई अझै बढाउनुपर्नेमा जोड दिएका छन् ।
    विश्वविद्यालय, नार्क, र कृषि विभागले सहकार्य गरेर कृषि रुपान्तरणमा लाग्नु पर्ने निष्कर्ष बहसका क्रममा निस्केको छ । अर्गानिक खेतीलाई बढाउँदै लगेर रासायनिक मलको प्रयोग घटाउँदै लैजानुपर्नेमा पनि वक्ताहरुले जोड दिएका छन् ।
    जग्गालाई चक्लाबन्दी गरेर व्यावसायिक खेती गर्नुपर्ने र त्यसो गर्न सके कम लागतमा धेरै उत्पादन गर्न सकिने वक्ताहरुको भनाइ छ । नेपाली उत्पादन विदेशी उत्पादनभन्दा महँगो हुनुमा लागत दर घटाउने उपायहरु नअपनाउनु मुख्य कारण रहेको उनीहरुको जोड थियो ।
    निर्वाहमुखी खेती गर्ने किसानको संख्या कम गर्दै व्यावसायिक कृषकहरुको संख्या बढाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता रहेको निष्कर्ष बहसले निकालेको छ ।
    अनुदान वितरण थप प्रभावकारीरुपमा गर्नुपर्ने र वितरण प्रणालीलाई अझै व्यवस्थित गर्न आवश्यक रहेको कुरा पनि बहसका क्रममा निस्केको छ ।
    बहसमा विश्वविद्यालयका कृषि संकाय डिन प्राडा अर्जुन कुमार श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश सचिव विनोद भट्टराई, अर्गानिक कृषि गरिरहेका कृषक तथा माडी कृषक पाठशालाका सञ्चालक डा. भानेश्वर पोखरेलले बहस गरेका थिए भने विश्वविद्यालयका किट विज्ञान विभाग प्रमुख प्राडा सुन्दर तिवारीले बहसकर्तालाई प्रश्न गरेका थिए । साथै किसानहरुले पनि आफ्ना जिज्ञासा राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट