Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २८, शनिबार | Sat, 14, Nov, 2026

प्रेस सेन्टर चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित


  • आक्रमण न्युज
  • २०८१ माघ १३, आईतबार मा प्रकाशित १ साल अघि
  • ४९९ पाठक संख्या
  • माघ १३ ,

    चितवन ।  प्रेस सेन्टर नेपाल चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन्। आज भरतपुरमा सम्पन्न बार्षिक साधारणसभा एवं छैटौँ अधिवेशनले आचार्यको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

    नयाँ कार्यसमितिको नेतृत्वमा खुल्ला उपाध्यक्षमा नविनबाबु मरह्ठ्ठा, समावेशी उपाध्यक्षमा दिप्ति बिक, सचिवमा सुरेन कुँवर, खुल्ला सहसचिवमा अनिल भट्टराई, समावेशी सहसचिवमा हिरालाल गुरूङ र कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन्। साथै, सदस्यहरूमा कमल राज ढकाल, प्रतिमा भण्डारी, विशाल अम्गाई, सुजन खनाल, राजकुमार देउजा र सन्तोष विश्वकर्मा रहेका छन्।

    यसैगरी, उक्त अधिवेशनले प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीको नयाँ नेतृत्व चयन गरेको छ। किसोरचन्द्र सापकोटाको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। जसको उपाध्यक्षमा रविचन्द्र अधिकारी, सचिवमा आयुष न्यौपाने र कोषाध्यक्षमा सुमन सुवेदी चयन भएका छन्। सदस्यहरूको रुपमा विवेक पोखरेल, दीपक पोखरेल, सुचना गुरुङ, अशोक परियार र सुरज परियार सर्वसम्मत चयन भएका छन्।

    प्रेस सेन्टर नेपाल चितवनको नयाँ नेतृत्वका लागि स्वागत र शुभकामनासहित कार्यसमितिले आगामी दिनहरूमा पत्रकारिता क्षेत्रमा अझ प्रगति गर्ने विश्वास व्यक्त गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑