आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नेल्टाको कार्यशाला बाँकेमा सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ फागुन २१, बुधबार मा प्रकाशित १ साल अघि
  • ६२० पाठक संख्या
  • बाँके । बाँकेको कोहलपुरस्थित मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा २९औं नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन २०२५ को पोस्ट-कन्फरेन्स कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। नेपाल अंग्रेजी भाषा शिक्षक संघ (NELTA), बाँके शाखाको आयोजनामा सम्पन्न उक्त कार्यशाला क्षेत्रीय अंग्रेजी भाषा कार्यालय (RELO), अमेरिकी राजदूतावास काठमाडौँको विशेष सहयोगमा सम्पन्न भएको हो।


    कार्यशालामा प्राध्यापक डा. दयामुद्रा ए. डेनेही, RELO अफिसर रोजर एफ. कोहेन र RELO विशेषज्ञ बिश्वराज गौतमले अन्तरक्रियात्मक शिक्षण विधिबारे महत्वपूर्ण प्रशिक्षण दिएका थिए। शिक्षक प्रशिक्षण केन्द्रित उक्त कार्यशालाले स्थानीय अंग्रेजी शिक्षकहरूलाई प्रभावकारी शिक्षण रणनीतिहरूका बारेमा उपयोगी सिप तथा ज्ञान प्रदान गरेको थियो।
    बागेश्वरी बहुमुखी क्याम्पसको विशेष सहकार्यमा सम्पन्न कार्यशालाले शिक्षकहरूबीच आपसी अनुभव आदान-प्रदान गर्न मद्दत पुर्‍याएको र यस्ता कार्यक्रमहरु शिक्षकहरुको पेशागत विकास र अंग्रेजी भाषाको प्रभावकारी शिक्षणमा महत्वपूर्ण हुने नेल्टा बाँके शाखाका अध्यक्ष प्रमोद सुवेदीले बताए। साथै सहभागी शिक्षकहरूले प्रशिक्षणबाट नयाँ प्रविधि र प्रभावकारी शिक्षण विधिहरू सिक्न पाएको प्रतिक्रिया दिए। उक्त कार्यशालामा बाँके जिल्लामा रहेका संस्थागत तथा सामुदायिक विद्यालयबाट छनौट भएका अंग्रेजी भाषाका ३५ बढि शिक्षकहरुको सहभागिता रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट