आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

दादुराको शङ्कास्पद प्रकोपबाट नाइजेरियामा १९ जना बालबालिकाको ज्यान गयो


  • आक्रमण न्युज
  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ३०४ पाठक संख्या
  • बैशाख १६ एजेन्सी, – नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुराको शङ्कास्पद प्रकोपबाट कम्तीमा १९ जना बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    अदामावाका स्वास्थ्य आयुक्त फेलिक्स ताङ्वामीले दादुराको प्रकोपबाट दुई सय जनाभन्दा धेरै बालबालिका प्रभावित भएका आशङ्का गरेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र डाक्टरको टोली तत्काल परिचालन गरिएकोे जानकारी दिनुभएको खबरमा उल्लेख छ । उहाँले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताउनुभयो । उहाँले अभिभावकले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा यो दुःखद क्षण आएको भन्दै बालबालिकालाई दादुराविरुद्धको खोप नियमित लगाउन प्रोत्साहन गर्नुभएको छ ।

    दादुरा पाँच वर्षमुनिका बालबालिकामा हुने भाइरल सङ्क्रमण हो तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट