
वर्तमान परिवेशमा नेपालको कम्युनिस्ट आन्दोलन अहिले इतिहासकै गहिरो मोडमा उभिएको देखिन्छ । यो परिस्थिति आधारभूत तहमा वैचारिक अस्पष्टता वा संगठनात्मक अस्तव्यस्तताले सिर्जना गरेको अवस्था होइन । नेतृत्वको चरित्रले खडा गरेको गहिरो संकट हो । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई व्यक्तिगत प्रभाव र सत्ताकेन्द्रित निर्णयको घेरामा बाँध्दा माक्र्सबादको आदर्शलाई लात हान्ने प्रवृतिका कारण असन्तुष्ट वैचारिक र पुराना नेताहरू मौन र गम्भीर पीडामा बस्न बाध्य छन् । यस्ता घेराबन्दी तोड्ने साहस र दुरदृष्टि राख्ने पात्रहरू अहिले मुलतः सबै पार्टीभित्र खोजिँदै छ । अतः त्यो साहस र हिम्मत कसैले देखाए वा आफ्नोबिरुद्ध कसैको अनुयी बनेमा खुल्लम खुल्ला कथित कार्बाहीमा परिने च्यालेन्जको सामना गर्नुपर्ने हुन्छ ।
कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक बनाइयो तर मुख्तियारी प्रथाबाट चलाउन खोज्दा समाजबाद त कहाँ हो कहाँ वर्तमान ब्यबस्थामाथि नै व्यापक जनआक्रोश चुलिने सम्भावना बढ्दै छ । त्यसकारण पार्टीभित्र पनि आन्तरिक बहस र स्वस्थ्य प्रतिस्पर्धा नै लोकतन्त्रकोको मुलमर्म हो भन्ने भाव नेतृत्व तहको बुझाइ हुनुपर्दछ । त्यसैअनुरुप चल्नुपर्ने नेतृत्वको दायित्व पनि हो । तर, यहाँ त खुल्लम खुल्ला मुलधारका नेताहरु एउटा म माओ हुँ भन्छन्, अर्को म जिबित स्टालिन हुँ भन्छन् । आदरणीय कमरेडहरु तपाईंहरुका ब्यक्तिगत रहरले स्टालिन र माओ हुन सकिन्न ? थुतुनो ठिक ठाउँमा प्रयोग गर्नुहोला । नकी, लोकतान्त्रिक मुलुकका नागरिकले यस्ता भाष्य पत्याउँदैन ? दुःख गरेर निर्माण गरिएको पार्टी बिग्रँदा टुलुटुलु हेरेर बस्न नसकिंदोरैछ ।
यसै सन्दर्भमा बामपन्थी आन्दोलनको आणबिक भट्टिबाट निर्माण भएका केही थान बैचारिक राष्ट्रिय राजनीतीमा प्रभाव पार्न सक्ने हैसियतका हँसिया हथौडाहरु बिद्या भण्डारी, झलनाथ खनाल, घनश्याम भुसाल, जनार्दन शर्मा, नेत्रबिक्रम चन्द (बिप्लब) अझ जिम्मेवार भुमिकामा ल्याउन सके क. सीपी मैनाली, सीपी गजुरेललगायत समाजबादी सपना बोकेर कम्युनिष्ट आन्दोलनमा होमिएका तर हाल भुमिकाबिहीन अवस्था गुजारिरहेका नेतृत्वले एकमुष्ट आँट गर्न सके संघीय प्रतिनिधिसभामा १३२ सिटमा खुम्चिएको कम्युनिष्ट जनप्रतिनिधि संख्या तपाइँहरुको एकताले बामपन्थीमय र निर्णायक बन्न कसैले रोक्न सक्दैन । प्रगतिशील नेतृत्वप्रति जनता अहिले पनि उत्तिकै आसाबादी छन् ।
नेकपा एमालेकी पुर्वउपाध्यक्ष क. विद्यादेवी भण्डारीलाई आज ‘आईकन लेडी’को उपमा दिइएको छ । किन ? केही समयदेखि लोप हुँदै गएको एमाले भित्रको आन्तरिक लोकतन्त्रलाई नवौं केन्द्रीय कमिटीको बैठकबाट पुनर्जीवन दिने साहस देखाएकै कारण पनि उहाँप्रति थुप्रै नेता कार्यकर्ताको सहानुभूति बढेको हो । उहाँले बिगतमा आफू अड्डनेड्डमड्ड संघको केन्द्रीय अध्यक्ष र सांसद तथा मन्त्री भएकी बेला हरेक क्षेत्रमा महिला सहभागिताको तेत्तिस प्रतिशत अनिवार्य रुपमा संवैधानिक ब्यबस्था लागू गराउने प्रमुख भुमिका निर्वाह गरेकी महिला नेतृ हुन् उनी ।
एमालेको महिलामुखी आन्दोलनको अग्रपंक्तिबाट आएको मात्र होइनन्, राष्ट्रपतिका रूपमा राष्ट्रिय राजनीतिलाई नजिकबाट नियालेकी अनुभवशील पात्र पनि हुन् । अहिले परिस्थितिले उनलाई झनै फराकिलो राजनीतिक व्यक्तित्वको रूपमा पुनस्र्थापित हुने अवसर दिएको छ । विद्यादेवी बैचारिक र क्रान्तिकारी असन्तुष्ट महिला नेताहरूलाई संगठित गर्दै पार्टीभित्र महिला नेतृत्वको पुनर्जीवन गराउन सक्ने सामथ्र्य राख्छिन् । उनीले आफ्नो राजनीतिक पूँजीलाई केवल एउटा गुटको रक्षा होइन, सम्पूर्ण पार्टी सुधार र लोकतान्त्रिक अभ्यासको सुदृढतामा खर्च गर्ने हो भने त्यो नेकपाको इतिहासमै निर्णायक मोड हुनेछ । पुर्वप्रधानमन्त्री क. झलनाथ खनालको राजनीतिक जीवन नेपालमा सिँगो कम्युनिस्ट आन्दोलनकै एउटा जिउँदो इतिहास हो । जब ज नेकपा माले, एमालेमा, एउटा बिशाल बैचारिक र सांगठनिक संकट आउँथ्यो, त्यतिबेला उनको आवश्यता महसुस गरिन्थ्यो ।
माले कालमा २०३९ मा पार्टीभित्र बैचारिक उतारचढाव हुँदा सीपी मैनालीलाई हटाएर नेकपा मालेको माहासचिब २०४४ सम्म र अर्थात २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा देशब्यापी रुपमा नेकपा एमालेले हार बेहो¥यो र माधब नेपालले राजिनामा गरेपछि पुनः पार्टी माहासचिवको नेतृत्व गर्दै र बुटवलको आठौँ महाधिवेशनबाट नेकपा एमालेलाई बहुपदिय प्रणालीमा ढाल्दै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका भद्रशालिन नेता झलनाथ खनाल, पार्टीभित्र नेतृत्व अभावको खडेरी हुन नदिने वैचारिक नेताको छवि बनाउँदै ऐतिहासिक र गौरवशाली संगठन नेकपा एमालेलाई उचित नेतृत्व प्रदान गर्दै सहमतिमै नेतृत्व हस्तान्तरण गर्ने लोकतान्त्रिक छवि प्रस्तुत गरेका नेतामा पर्दछन । उनी जबजका पक्षपोषक बहुलवाद र सहमतिमा विश्वास गर्ने नेताका रूपमा चित्रित छन् ।
२०४६ सालपछिको एमालेलाई वैचारिक गहिराइ र संगठनात्मक सुदृढतामा पु¥याउने नेतृत्वमा उनी अग्रपंक्तिमा थिए । छिमेकी राष्ट्र भारतले थाहै नपाइ प्रधानमन्त्री बन्न सफल मनमोहन पछिका बामपन्थी नेताहरुमध्ये यदि कोही छन् भने उनी नै हुन् । तर, पछिल्ला वर्षमा उनी स्वेच्छाचारी र कुण्ठा प्रवृत्तिले हावी भएको पार्टीभित्र ‘वृद्ध नेता’को भूमिकामा सिमित जस्तै देखिएका छन् । तर, आज त्यही अनुभव र वैचारिक परिपक्वताले उनलाई सुधारवादी धारको अगुवा बनाउन सक्छ ।
यदि उनी खुलेरै सहभागी र बहुलवादी नेतृत्व संरचनाको पक्षमा उभिए भने असन्तुष्ट नेताहरूका लागि साझा प्लेटफर्म निर्माण हुन सक्छन् । उनी पार्टीभित्र संवादको थालनी गर्न, वैकल्पिक दृष्टिकोणलाई संस्थागत बहसमा रुपान्तरण गर्न र युवा पुस्तालाई नेतृत्वको अवसर दिने नयाँ परिपाटी सिर्जना गर्न सक्षम देखिन्छन् । झलनाथको स्थिर र धैर्यशील स्वभावले तीव्र असन्तोष र गुटबन्दीमा फसेको नेकपालाई सन्तुलनमा फर्काउने पुल बन्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस