आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

राष्ट्रिय झण्डाको कदर गरौ


  • आक्रमण न्युज
  • २०८२ चैत्र १७, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • ६४ पाठक संख्या
  • भाद्र २३ गतेका दिन भएको जेनजि आन्दोलनका नाममा सोही दिन १९ जना अबोध बालबालिकाको हत्या भएको समाचार बाहिर आए । उक्त दिन २३ जनाको हत्या भएको पुष्टि विभिन्न सञ्चार माध्यमले गरेका छन् । २३ गतेको हत्यापछि २४ गतेका दिन आम जनसमुदायको सहानुभूतिमा आन्दोलनले थप उग्र रूप लिई ८२ जनाको मृत्यु भइसकेको समाचार आएकै हो !

    नेपाल प्रहरीका अनुसार २४ गतेको तोडफोड र आगजनीबाट ६२९ भवन पूर्णरुपमा क्षति पुगेको छ भने १५६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको समाचार पनि पढ्न पाइन्छ । उक्त दिन नेपाल प्रहरीका मात्र १७७ भवन पूर्ण क्षति भएको छ भने प्रहरीका २५८ भवनमा आंशिक क्षति भएको छ । जसमा ३१० सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८३६ सरकारी भवनमा आंशिक क्षति पुगेको पनि बताइएको छ । २०८१ चैत्र १५ मा जस्तै आन्दोलनलाई सहजै दबाएर सत्तालाई झनै मजबुत बनाउन सकिने फासिस्ट सोच र एक दिनमा २३ जनाको अकाल मृत्यु हुँदा पनि निरो बालुवाटारमा बसेर बाँसुरी बजाइरहेको, परिस्थितिको गम्भीरयतालाई आङ्कलन गर्न नसकी सुरक्षा परिषद्को बैठक समेत नडाकी डिङ हाँकिरहेको कुरा छापामा आएकै हो ।

    सरकार र सुरक्षा संयन्त्रका बिचमा कुनै पनि तालमेल नभएको हो वा सुरक्षाले राष्ट्रिय सुरक्षा खतराको विषयमा जानकारी गराउँदा पनि कानमा तेल हालेको हो यो भने खुल्न सकेको छैन । यसै पनि ओली प्रवृत्तिले दलीय राजनीतिमा वितृष्णा पैदा गरी नै रहेको थियो जेनजि आन्दोलनको २३ गते साँझ काँधमा नेपालको राष्ट्रिय झन्डा ओढेर आन्दोलनको श्रेय पाउन आशा सहित नेपालको प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा रही सक्नु भएको व्यक्तिले आन्दोलनमा एक्यैबद्धता छ भन्दै अलानफलान गरेर सार्वजनिक रूपमा यो हत्या हो भनेर बोलेको सुनिएको थियो । यसरी झन्डै ओढेर आन्दोलनमा जानु र भिडलाई बल पुगाउने गरी उक्साउन मिल्थ्यो वा मिल्दैन थियो भविष्यले बताउला । जेनजि आन्दोलन नेपालमा राजनीतिक दलले लादेको अलोकतान्त्रिक अभ्यासका विरुद्धमा थियो । तर त्यसको आडमा देशै जलाउने खालको गतिविधि भए र ७८ भन्दा बढीको ज्यान पनि गयो । त्यसमध्ये केहीलाई अहिले सरकारले सहिद समेत घोषणा गरिसकेको छ ।

    नेपालमा यति धेरै आन्दोलन भएका छन् की यसको रूप आकृति आकार प्रकार सबै नेपाली जनतालाई थाहै छ तर यो अलि फरक खालको आन्दोलन भयो जुन आन्दोलन हो वा विद्रोह भन्ने नै यकिन हुनै पाएन । यस आन्दोलनमा नेपाल सरकारप्रति घृणा द्वेष फैलाउने काम झन्डा ओढेर गर्दा संविधान र कानूनमा रहेको व्यवस्था विपरीत हुन जाने रहेछ । नेपालको संविधान र कानून हेर्दा भाद्र २३ र २४ गतेको पूरै विध्वंसमा नेपाली झन्डाको दुरुपयोग गरेको देखियो । नेपाली झन्डा प्रयोग गरेर देशका भौतिक संरचना जलाउनुलाई राष्ट्रवादी मानिन्छ जस्तो मलाई लाग्दैन । चाहे कानून जानेकै बाट होस चाहे अरू कसैबाट । संरचना हाम्रा सम्पत्ति हुन् । झन्डा ओढेर देशका तीनै अङ्ग जलाइयो । यसलाई झन्डाको सदुपयोग कसरी भन्न सकिन्छ रु हाम्रो देशको झन्डाको इतिहास लामो रहेको छ ।

    हरेक देशको राष्ट्रिय धरोहरको रक्षा गर्नु हरेक नागरिकको दायित्व रहेको हुन्छ । नेपालको संविधान, २०७२ को धारा ८ मा सिम्रिक रङ्गको भुईँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बिचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झन्डा नेपालको राष्ट्रिय झन्डा हो भनेर परिभाषित गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १५१९१० मा कसैले नेपाल वा नेपाल सरकार विरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झन्डा वा नेपालको निशान छाप प्रयोग गर्नु हुँदैन भन्ने व्यवस्था रहेको छ ।

    सोही दफाको उपदफा २ मा माथिको व्यवस्था बमोजिम कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था बमोजिम भाद्र २३ गतेको हिसाबले समग्र जेन्जी विद्रोहलाई दोष नदिने हो भने पनि झन्डा ओढेर आन्दोलन गर्ने गराउने कानूनत: दोषी देखिन्छन् । किनभने यो जेन्जी आन्दोलनमा घुसपैठ भएर नेपाल सरकार विरुद्ध घृणा फैलाउने नियतले नेपालको झन्डाको दुरुपयोग गर्नु भएको प्रस्टै देखिन्छ झन्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झन्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न, राष्ट्रिय झन्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न,व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झन्डाको दुरुपयोग गर्न,व्यक्तिले आफ्‌नो शरीरमा राष्ट्रिय झन्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतीक र चित्र राख्न,फहराउने प्रकृतिको (राष्ट्रिय झन्डा ओह्रालेर राख्दा बाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झन्डाको प्रयोग गर्न राष्ट्रिय झन्डाको प्रयोगमा निषेध गरिएको छ ।

    सोही कार्यविधिमा प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रभित्र यस कार्यविधि बमोजिम राष्ट्रिय झन्डाको प्रयोग भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्नेछ र मर्यादा अनुसार रोक लगाउन सक्ने भन्ने पनि व्यवस्था छ । हामी सरकारको भएको देशमा भएको भए यो कानून पनि पालना भएर जान सक्दथ्यो । हुन त कुनै पनि आन्दोलन सत्ताको हितमा हुँदैन । जेन्जी विद्रोहको नाममा भएको देश जलाउने विद्रोह पनि सत्ताको हितमा त नभएकै हो, देश हितमा पनि हुन सकेन । सङ्क्रमणकालीन अवस्थामा सबै नाजायज भन्ने हुँदैन भने जायज भन्ने पनि हुँदैन । जेन्जीको आन्दोलन जुन उद्देश्यको लागि भएको थियो त्यो आन्दोलन पछि एउटा एजेन्डा सम्बोधन हुन सकेको छैन ।

    त्यसमा पनि झन्डाको दुरुपयोग हुनु पनि दुखद पक्ष नै हो । सम्मान भएन भने देशमा को सुरक्षित हुन सक्छ रु कसैले व्यापारका नाउँमा झन्डाको दुरुपयोग गरेका छन् त कसैले अरू नै नाममा । बहस गर्दा लामै हुन्छ । राष्ट्रिय गान, राष्ट्रिय झन्डाको सम्मान देशको प्रतिष्ठित व्यक्तिबाट हुन सक्दैन भने हामी आम मानिसलाई झन्डाको पाठ पढाउनु बेकार कुरा हो । यद्यपि राष्ट्रिय प्रतीकहरूको जगेर्ना हुनु र गर्नु हरेक नागरिक कर्तव्य नै हो । देशको अस्तित्व रहँदासम्म यी प्रतीकको पनि चाहिने नै हो । आम मानिसलाई हाम्रो राष्ट्रिय गान र झन्डाको महत्त्व र प्रयोगको विषय सिकाउन नसक्नु २०४७ सालपछिको सरकारकै कमजोरी हो ।

    जस्तै विषम परिस्थित भए पनि देशका कहलिएका संवैधानिक पदमा रहेका व्यक्तिहरूबाट त कम्तीमा झन्डाको सम्मान हुन पर्ने हो । भलै आन्दोलन पछि बन्ने सरकारमा बस्ने कुरालाई जायज ठानिएला । भलै आन्दोलनमा जानुलाई पनि जायजै ठानिएला तर झन्डाको दुरुपयोग गरेर भिडलाई उक्साउने र राष्ट्रिय सम्पत्तिमाथिको धावालाई कसरी जायज ठान्न मिल्ला रु यस्तो देशको प्रतिष्ठासँग जोडिएको झन्डा राष्ट्रिय गान तथा गाईको कदर गरौँ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट