आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

देशको झण्डा हाम्रो सम्पत्ति


  • आक्रमण न्युज
  • २०८३ बैशाख १, मंगलबार मा प्रकाशित २ दिन अघि
  • १६६ पाठक संख्या
  • २०८१ चैत्र १५ मा जस्तै आन्दोलनलाई सहजै दबाएर सत्तालाई झनै मजबुत बनाउन सकिने फासिस्ट सोच हुँदा पनि निरो बालुवाटारमा बसेर बाँसुरी बजाइरहेको, परिस्थितिको गम्भीरयतालाई आङ्कलन गर्न नसकी बैठक समेत नडाकी डिङ हाँकिरहेको कुरा छापामा आएकै हो । सरकार र सुरक्षा संयन्त्रका बिचमा कुनै पनि तालमेल नभएको हो वा सुरक्षाले राष्ट्रिय सुरक्षा खतराको विषयमा जानकारी गराउँदा पनि कानमा तेल हालेको हो यो भने खुल्न सकेको छैन !

    भाद्र २२ गतेका दिन ओली प्रवृत्तिले जेनजि आन्दोलनका विषयमा मिडियामा कुरा राख्दा जेन्जी भाइबहिनीहरूलाई कानून पनि थाहा होला भनेर कुर्लेका कारणले पनि धेरै हदसम्म आन्दोलनमा सरकार विरुद्धको गतिविधि हाबी भएको थियो । जेनजि आन्दोलनको साँझ काँधमा नेपालको राष्ट्रिय झन्डा ओढेर आन्दोलनमा जानु र भिडलाई बल पुगाउने गरी उक्साउन मिल्दैन थियो । जेनजि आन्दोलन नेपालमा राजनीतिक दलले लादेको अलोकतान्त्रिक अभ्यासका विरुद्धमा थियो ।

    नेपालमा यति धेरै आन्दोलन भएका छन् की यसको रूप आकृति आकार प्रकार सबै नेपाली जनतालाई थाहै छ तर यो अलि फरक खालको आन्दोलन भयो जुन आन्दोलन हो वा विद्रोह भन्ने नै यकिन हुनै पाएन । राष्टृय झण्डा जलाउनुलाई राष्ट्रवादी मानिदैन। चाहे कानून जानेकै बाट होस चाहे अरू कसैबाट । संरचना हाम्रा सम्पत्ति हुन् । झन्डा ओढेर देशका तीनै अङ्ग जलाइयो ! हाम्रो देशको झन्डाको इतिहास लामो रहेको छ । हरेक देशको राष्ट्रिय धरोहरको रक्षा गर्नु हरेक नागरिकको दायित्व रहेको हुन्छ । सिम्रिक रङ्गको भुईँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बिचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झन्डा नेपालको राष्ट्रिय झन्डा हो भनेर परिभाषित गरिएको छ !

    त्यस्तै राष्ट्रिय झन्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झन्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न, राष्ट्रिय झन्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न,व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झन्डाको दुरुपयोग गर्न,व्यक्तिले आफ्‌नो शरीरमा राष्ट्रिय झन्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतीक र चित्र राख्न,फहराउने प्रकृतिको (राष्ट्रिय झन्डा ओह्रालेर राख्दा बाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झन्डाको प्रयोग गर्न राष्ट्रिय झन्डाको प्रयोगमा निषेध गरिएको छ । हुन त कुनै पनि आन्दोलन सत्ताको हितमा हुँदैन ।

    जेन्जी विद्रोहको नाममा भएको देश जलाउने विद्रोह पनि सत्ताको हितमा त नभएकै हो ! सङक्रमणकालिन अवस्थामा सबै नाजायज भन्ने हुँदैन भने जायज भन्ने पनि हुँदैन ! आम मानिसलाई झन्डाको पाठ पढाउनु बेकार कुरा हो । यद्यपि राष्ट्रिय प्रतीकहरूको जगेर्ना हुनु र गर्नु हरेक नागरिक कर्तव्य नै हो । देशको अस्तित्व रहँदासम्म यी प्रतीकको पनि चाहिने नै हो । आम मानिसलाई हाम्रो राष्ट्रिय गान र झन्डाको महत्त्व र प्रयोगको विषय सिकाउन नसक्नु सरकारकै कमजोरी हो ।

    जस्तै विषम परिस्थित भए पनि देशका कहलिएका संवैधानिक पदमा रहेका व्यक्तिहरूबाट त कम्तीमा झन्डाको सम्मान हुन पर्ने हो । भलै आन्दोलन पछि बन्ने सरकारमा बस्ने कुरालाई जायज ठानिएला । भलै आन्दोलनमा जानुलाई पनि जायजै ठानिएला तर झन्डाको दुरुपयोग गरेर भिडलाई उक्साउने र राष्ट्रिय सम्पत्तिमाथिको धावालाई कसरी जायज ठान्न मिल्ला ? ( नव वर्ष २०८३ को सम्पुर्ण पाठकवर्ग अनि शुभेच्छुक हरुमा हार्दिक मङगलमय शुभकामना )

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट