आज: २०८३ श्रावण २, शनिबार | Sat, 18, Jul, 2026

देशले “बालेन्द्र शाह” खोजेको छ


  • आक्रमण न्युज
  • २०८३ श्रावण २, शनिबार मा प्रकाशित १ घण्टा अघि
  • ५३ पाठक संख्या
  • राज्य ठिक त्यसको उल्टो दिशातर्फ अघि बढ्दै गएको फलस्वरूप राज्य संयन्त्रका सबै पक्षहरू समेटिएको संस्थागत भ्रष्टाचारका अखडा हुन पुगेको छ । अन्योल, आतङ्क, असुरक्षा, निराशा र सामाजिक सद्भाव एवं आम आत्मविश्वास खण्डित हुन पुगेका ले मुलुकले ठूलो आर्थिक भार खेप्नु परेको स्पष्टै छ ! राजनीतिक दलहरूको भूमिका र दायित्वले पछिल्ला दुई दशक नेपालको राजनीतिक यात्राले स्थापित दलहरूले जनअपेक्षा अनुसारको सुशासन दिन असफल भएको स्पष्ट देखाएको छ ।

    हजारौँको बलिदानसहित लाखौँ सर्वहारा वर्गको आशा, भरोसा र सपनाको केन्द्रको रूपमा उदाएका माओवादी लगायत सात दशकभन्दा लामो इतिहास र विरासत बोकेर आएका कांग्रेस र एमाले सहितका प्रमुख दलहरूले पालैपालो सत्ता सिंहासनको धित मार्न जेजस्ता सम्झौता र तालमेलका नाउँमा आ–आफ्ना स्वार्थ पूरा गर्दै आएका कारण घोषणापत्रहरू चुनावी बाचामा मात्र सीमित हुन पुगेका छ्न । आम जनतासँग सरोकार राख्ने भ्रष्टाचार नियन्त्रण जस्ता मुख्य विषयहरू कागजका केही खोस्टाहरूमा मात्र सीमित हुन पुगेको देखिन्छ ।

    राजनीति खिचातानी, उखान टुक्का आन्तरिक गुटबन्दी नेतृत्व प्रतिस्पर्धा, परिवारवाद, टुटफुट, विभाजन, गाली गलौज अनैतिक जालझेल र फूल, माला, खादा अनि उद्घाटनमै झन्डै झन्डै समय सकिएका छ्न । जनताका सेवक बन्नु पर्ने नेताहरू अहङ्कार, घमन्ड र फाँसीवादी मनोवृत्तिबाट ग्रसित हुन पुगेको देखिन्छ ! भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनको नारा, लक्ष्य र गन्तव्य शासकहरूको राज्य दोहनबाट लुटेर पुस्तौँ पुस्तालाई थुपार्ने प्रवृत्तिप्रतिको साझा अस्वीकारोक्ति दरिलो आवाज यूवाहरुका लागि मान्य नभएकै हो ।

    रगत र खरानीमा लत्पतिएको संवेदनशील दृश्यले शासकको क्रूर भावनालाई कुनै प्रभाव पार्न सकेको छैन, आजसम्म पनि दम्भ, घमन्ड, अहङ्कार र प्रतिशोधको विनाशकारी आगो निभेको छैन, आत्मबोध, आत्मसमिक्षा र आत्म स्वीकारोक्ति गर्ने पक्षमा कदापि देखिँदैन ।

    भ्रष्टाचारका ठुला–ठुला काण्डहरूका तत्काल छानबिन सुरु गरी दोषीलाई यथाशीघ्र जेल हाल्नु को शुभारम्भ भै सकेको अवस्थामा जनताका मन मस्तिष्कमा बस्न सफल लोकप्रिय प्रधानमन्त्रि बालेन्द्र शाह लाइ चारैतिर बाट अस्त्र प्रयोग गरेको देखिएको छ, यस्तो बेलामा नैतिक ताकत राख्न सक्ने एकमात्र सहासिलो प्रधानमन्त्रि बालेन्द्र शाह लाइ देश ले खोजेको छ, जसले बोल्ने होइन काम गरेर देखाउने सहास राखेको छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट