आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

राजनिति भिड होइन बिचार हो


  • आक्रमण न्युज
  • २०८३ आश्विन २७, मंगलबार मा प्रकाशित ३ घण्टा अघि
  • ५० पाठक संख्या
  • नेपाली कांग्रेसको पन्धौं महाधिवेशन समापन भयो । भव्य सभ्यरूपमा समापन भएको उक्त अधिवेशनले गगनकुमार थापाको सभापतिमा केन्द्रीय समितिको निर्वाचन सम्पन्न गरेको छ । सभापतिमा गगनकुमार थापाले ९० प्रशितम मत ल्याएर आफूलाई वैधानिक सभापतिका रूपमा उभ्याएका छन् । उनी विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति भएका भए पनि नियमित पन्ध्रौं महाधिवेशनमा सर्वसम्मत हुन सकेनन् । उनलाई निर्वाचनमा सहभागी हुनुपर्‍यो । निर्वाचनबाट जितेका उनले पार्टी कार्यालय सानेपामा छोटो तर सारगर्भित मन्तव्य दिए । कांग्रेसको मतगणना अझ सकिएको छैन । उनका सारथीको आउने हुन् निश्चित भएको छैन ।

    विधानले व्यवस्था गरेको वरिष्ठ उपसभापति र महिला सभापति भने निर्विरोध भए । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश र महिला उपसभापतिमा पुष्पा भुसालले बाजी मारेका छन् । उनीहरू निर्विरोध भएर गगनका सारथी बने । निर्वाचन प्रक्रियामा देखिएको यो अवस्थाले आज नेपाली कांग्रेसमा विश्वास बढेको देखिएको छ । नेपाली कांग्रेसलाई समर्थन गर्नेमात्र होइन नेपाली जनतामा पनि गगनको चासो देखिन थालेको छ । नेपालको राजनीतिमा सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आज युवा नेतृत्व पाएको छ ।

    नेपाली कांग्रेस युवामा मात्र गएन । आशा र भरोसाको आधार बन्यो जनताका लागि । पन्ध्रौं महाधिवशेन नहोस् वा यो अधिवेशनले गगनकुमार थापाको नेतृत्वलाई अस्वीकार गरोस् भन्ने चाह अझ पनि सकिएको छैन । चुनौती गगनका अघि धेरै छन् । विशेष महाधिवेशन नै आफैंमा चुनौती थियो । उक्त अधिवेशनमा आफ्नो बहुमत नभएको भए गगन र विश्वप्रकाशसित कुनै विकल्प थिएन पार्टीबाट निष्काशन हुनु सिवाय । महाधिवेशनमा बहुमत सावित भयो र नेपालका संवैधानिक संस्थाले गगनकुमार थापाको कांग्रेसलाई आधिकारिता दिए । लगत्तै निर्वाचनमा होमिएको कांग्रेसले सफलता पाउन नसके पनि गगनलाई विश्वास गर्ने नेपालीको अवस्था भने कमजोर बनेको देखिएन । उनी लोकप्रिय बने । आफूले निर्वाचन हारे पनि नेपाली कांग्रेसबाट निर्वाचित भएका सांसद योग्य र क्षमतावान् छन् भन्ने तथ्यलाई प्रमाणित गरिदिए । नेपालको राजनीतिमा गगनकुमार थापा उदाए पनि चम्कन भने बाँकी नै छ ।

    राजनीति कहिले पनि समस्यारहित हुन सक्दैन । समस्याको चाङबाट उठेर बाहिर आउनु र सफल हुनु नै राजनीतिमा देखिएको मूल पहिचान हो । यो पहिचानलाई नेपाली कांग्रेसले सधैं आत्मसात गरेको छ । राजनीतिमा धैर्य र त्याग अनिवार्य मानिन्छ । यही आधारमा नेपालको राजनीतिमा सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आज युवा नेतृत्व पाएको छ । नेपाली कांग्रेस युवामा मात्र गएन । आशा र भरोसाको आधार पनि बन्यो जनताका लागि । पन्ध्रौं महाधिवशेन नहोस् वा यो अधिवेशनले गगनकुमार थापाको नेतृत्वलाई अस्वीकार गरोस् भन्ने चाह अझ पनि सकिएको छैन । कतै अदालत, कतै गाली, कतै निर्वाचन आयोगको ढोका अझ कुरैकै छन् मानिसले । जे होस् जस्तासुकै अवस्थामा पनि पन्ध्रौं नियमित अधिवेशन गरेर नेपाली कांग्रेसले आफूलाई इतिहासको सबल पार्टी हो र समस्याको समाधान गर्न हामी सक्षम छौं भन्ने सन्दर्भलाई यो अधिवेशनले देखाएको छ । पुराना जसले आफूलाई सधै वरिष्ठ माने वा जसले राजनीति नै विरासतमा पाए । उनीहरू आज गगनको नेतृत्वलाई स्वीकार गर्ने पक्षमा छैनन् । शेरबहादुरको नेतृत्वमा पुनः पन्ध्रौं महाधिवेशको तिथि तोकेर अघि बढेका छन्् ।

    महाधिवेशनको जिम्मा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र शशांकले लिएका छन् । उनीहरू अझ पनि शेरबहादुर नै सभापति हुन् र उनी नै नेपाली कांग्रेसका महारथी हुन् भन्ने भ्रममा बाँचिरहेका छन् । यो भ्रमले उनीहरूलाई छोडेको छैन । विशेष महाधिवेशनले वैधानिकता पाएसँगै पन्ध्रौं महाधिवेशन भयो । निर्वाचनबाट नेपाली कांग्रेसको केन्द्रीय समिति पनि आयो तर पनि हामी नै वैध हौं भन्ने नारामा उनीहरू बाँचिरहेको देखिन्छ । जनताले पत्याएनन् । निर्वाचन हारियो । राजनीति विरासतमा पाएको हो । यो विरासत हामी रहुञ्जेल रहनुपर्दछ भन्ने सोचले उनीहरू गिजोलिएका छन् । यो सोच त्याग्न सकेका छैनन् र छैनन् मोहबाट बाहिर निस्कन पनि । गगनकुमार थापालाई तिनीहरूको सामना गर्नुछ । आउँदो स्थानीय र प्रदेशको निर्वाचनमा तिनै व्यक्तिहरू कांग्रेसलाई हराउन प्रतिबद्ध भएर लाग्नेछन् । गगनसित युवा जमात छ । पुरानाले देखाएको चिन्तन छ । बीपी कोइरालाको आदर्श छ । गणेशमानको साहस छ । यति भएरमात्र पुग्दैन । निर्वाचन निर्वाचन हो । त्यहाँ उनी र उनको वैध कांग्रेसलाई धराशायी गराउन अवैध मानिएका कांग्रेसी लाग्नेछन् ।

    यो एउटा चुनौती गगनसित विशेष महाधिवेशनबाट आएको छ । गएको निर्वाचनमा आफूलाई अब्बल सावित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि चुनौती बनेर उभिनेछ । बितेको ६ महिनामा त उक्त पार्टीको लोकप्रियता घटेको छ । उसलाई पनि आउँदो निर्वाचनमा अरू होइन गगन नै चुनौती बनेर उभिने तर्कलाई उनीहरूले पनि स्वीकार गरेको देखिन्छ । पार्टीभित्रको असन्तुष्टलाई मिलाउनु, युवालाई आफ्नो पक्षमा पार्नु, नेपाली जनताको विश्वासलाई जित्नु पनि गगनका लागि चुनौती नै बनेर आएको देखिन्छ । राजनीतिमा एकपटक धोका खाए पनि अर्कोपटक सुधार गर्न सक्छौं भन्ने अठोट उनमा र उनको केन्द्रीय समितिमा रहनेछ । पन्ध्रौं महाधिवेशनमा कांग्रेसी जनका बीच निर्वाचनमा रोचक प्रतिस्पर्धा देखिएको छ । निर्वाचनमा पराजय भए लगत्तै मैले हारेको होइन मलाई हराइएको हो भन्ने पनि न आउलान् भन्न सकिँदैन । यिनीहरूलाई व्यवस्थित गर्नु पनि गगनका लागि चुनौती नै बन्ने कुरालाई नकार्न सकिँदैन । राजनीतिमा निर्वाचनमा होमिएपछि सबैको जित नै हुन्छ भन्ने होइन । जितका साथै हारका लागि पनि तयार भएर नै निर्वाचनमा होमिने हो । जितेमा मैले र हारेमा हराइयो भन्ने प्रवृत्तिलाई चिर्न आवश्यक छ । यही आवश्यकतालाई बुझियो भने राजनीति जहिले पनि सफल हुने निश्चित देखिन्छ ।

    चुनौतीलाई स्वीकार गरेका तत्कालीन महामन्त्री द्वय गगन र विश्वप्रकाश आउँदा दिनका चुनौतीलाई पार गर्नेछन् भन्नेमा नेपाली जनता विश्वासमा रहेको देखिन्छ । नेपालको राजनीतिमा विश्वासभन्दा अविश्वासको खाडल गहिरो हुने गर्दछ । अविश्वासको यो खाडलमा जाने र अविश्वासलाई विश्वासमा परिवर्तन गर्न सकिएन भने राजनीतिमात्र होइन राजनीतिकर्मीको भविष्य नै असुरक्षित हुने कुरालाई नकार्न सकिँदैन । यही चुनौतीका चाङमा देखिएका थापाको राजनीतिक भविष्य सबल हुने कुरामा विश्वास गर्ने आधार देखिन्छ । विशेष महाधिवेशनपछि निर्वाचन आयोगले गगनको कांग्रेसलाई आधिकारिकता दियो । सर्वोच्च अदालतले पनि विशेष महाधिवेशनलाई वैध मान्यो । अझ पनि हामी नै नेपाली कांग्रेस हौं भन्ने रटान बाहिर ल्याउन लाज लाग्दैन । विशेष महाधिवेशन गरेको समयपछि बैध माहधिवेशन गर्न नसकेको भए पनि एउटा कुरा थियो । पन्ध्रौं महाधिवेशन गरेर आएको पार्टीलाई अवैध भन्न सक्ने चुनदेवीका वरिष्ठमा कसरी हिम्मत आयो । सक्छौ गगनलाई सभापति मान । गगनलाई नेता स्वीकार गर । सक्दैनौ अर्को पार्टी दर्ता गर । यो नचाहिँदो नौटङ्की आवश्यक नै छैन ।

    आफूलाई वरिष्ठ मान्ने र आफूबाहेक अरूलाई नगन्ने प्रवृत्तिको अन्त्य आवश्यक छ । नेपाली कांग्रेस भनेको शेरबहादुर, शेखर, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान, मोहन बस्नेत होइन । नेपाली कांग्रेस त चारतारे झण्डा र चुनाव चिह्न रूख भएको पार्टी हो । योगदानको कदर पार्टीले गरिसकेको छ । अब किन ? यो कोलाहल । हामी वैध र सानेमा अवैध । हामी आधिकारिक र सानेमा होइन भन्दै हिँड्नु ? राजनीतिमा सक्रिय भएदेखि केही न केही पाएका र कांग्रेसमा रहेर आफूलाई सर्वोपरी मान्ने प्रवृत्तिको अन्त्य भइसक्यो । नेपालको राजनीतिले कोल्टे फेरिसक्यो । अबको राजनीति युवाको हो । अबको सत्ता पनि युवाको हो । खारिएका र माझिएका युवाले नै अबदेखि देश हाँक्ने हुन् । त्यसैले कसैलाई गाली नगर । विशेष महाधिवेशन पक्षधरलाई श्राप दिन र गाली गर्न बन्द गर । राजनीति सधै एकनासको हुँदैन । नेपाली कांग्रेसको राजनीतिमा अब नेताका मानिस र नजिक भएकाले खाने हो भन्ने शोचलाई त्याग । अबको नेपाली कांग्रेस क्षमतामा विश्वास गर्न थालेको पार्टी हो । नेपाली कांग्रेसमा उतारचढाव नआएको होइन ।

    हरेक समस्यालाई यो पार्टीले भोगेको छ र निस्केको छ । अदालतले चुनदेवीलाई आधिकारिक मान्न सक्दैन । पन्ध्रौं महाधिवेशनमा जानुपूर्व गगनको सभापति नै वैध थियो र अब पनि उनी नै वैध मानिने कुरामा कसैको पनि शंका छैन । त्यसैले चुनदेवीमा जम्मा हुने र गाली गर्नेहरू हो ! अर्को पार्टी बनाऊ । जनमत त छैन । रमाउने प्रयासमा छौ रमाऊ । नेपाली कांग्रेसको वैधतामा प्रश्न राख्ने अधिकार छैन । विशेष महाधिवेशन वैध थियो र पन्ध्रौं महाधिवेशन पनि वैध हो । यो वैधतामा कसैले पनि प्रश्न गर्न सकेको छैन ।

    चुनदेवीले पनि प्रश्न गर्ने अधिकार गुमायो । आधिकारितका नाममा पटक–पटक अदालत गएर आफूलाई प्रमाणित गर्न नखोज । अप्रमाणित बनेका छौं । निर्वाचन आयोग खुला छ । अर्को पार्टी दर्ता गर र आफूलाई उतार । नेपाली कांग्रेस भनेको शेरबहादुर, शेखर, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान, मोहन बस्नेत होइन । नेपाली कांग्रेस त चारतारे झण्डा र चुनाव चिह्न रूख भएको पार्टी हो । योगदानको कदर पार्टीले गरिसकेको छ । योगदान गरेबापतको नजराना पाइसकियो । अब किन यो कोलाहल ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑