आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

सतीदेवी को अफिसियल पोस्टर सार्वजनिक


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १४, सोमबार मा प्रकाशित २ साल अघि
  • ५९३ पाठक संख्या
  • जेष्ठ १४, २०८१
    काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित फिल्म सतीदेवी को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सतीदेवीको शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ ।
    यसैगरी पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका वली र मन्जिला बाँनियालाई समेत फिचर गरिएको छ। उनीहरुलाई रोइरहेको देख्नसकिन्छ।
    यसअघि फर्स्टलुकमा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटी रहेको अवस्थामा मलिकालाई परस्तुत गरिएकोमा आज सार्वजनिक भएको पोस्टरले निर्देशक सुबेदीले सिनेमाबाट छोरी हुनुको गम्भीर पीडालाई प्रस्तुत गर्ने बुझ्न सकिन्छ।
    यस्तै स्तनपान गराइएको दृश्यले मलिकाको भूमिकामा थप कौतुहलता उत्पन्न गराएको छ। यो कौतुहल्ताले दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ । सिनेमा साउन ४ गते रिलिज हुँदैछ । सिनेमाले सौराह दक्षिण एशियाली फिल्म फेष्टिबलमा सर्वोत्कृष्ट फिल्म,शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेश्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म,सर्वोत्कृष्ट स्क्रीप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितिसकेकाले पनि सिनेमाले दर्शकलाई रिझाउने उच्च सम्भावना छ।
    सिनेमाको कथा(पटकथा पनि सुवेदीले नै तयार पारेका हुन्।
    दिलासा र साराको प्रस्तुतिमा तयार भएको चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत्तसँगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।
    चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।
    सिनेमाको पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन भने फोटो श्रीधर पौडेलले कैद गरेका हुन्। चलचित्रको वितरण काठमाडौँमा रिच इन्टरटेन्टमेन्ट र काठमाडौँ बाहिर एफडि कम्पनीले गर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट