आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २०, आईतबार मा प्रकाशित २ साल अघि
  • ७३१ पाठक संख्या
  • जेष्ठ २०, २०८१
    काठमाडौँ । पछिल्लो समय नेपालमा पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ को शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक भएको छ । समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्नु पर्ने समस्या लाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप ुबहुरानीु निर्माण गरिएको बताईएकोछ ।
    अनु चौधरीको स्वर र विश्व अधिकारीको एरेन्ज रहेको गीतको भिडियोलाई अत्यन्तै आकर्षक ढंगबाट खिचिएको छ । धेरै कोरोस डान्सरहरुको साथमा कलाकारहरु रिमा विश्वकर्मा, एलिसा शर्मा, सृष्टी सुब्बा, सम्राट अधिकारी, रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु, दिपक भुर्तेल आदिको अभिनय छ । बुद्ध थापाको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलार्इ केशव भट्टले निर्देशन गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑