आज: २०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

उपभोक्ता समूहको अध्यक्षको उम्मेदवारी दिन दश हजार तिर्नुपर्ने


  • आक्रमण न्युज
  • २०८१ बैशाख ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ८३९ पाठक संख्या
  • शंकर सुवेदी
    वैशाख ६, २०८१
    चितवन । कहि नभएको जात्रा हाडि गाउँमा भने झै एउटा सामान्य उपभोक्ता समितिको अध्यक्षको उम्मेदवारी दिन दश हजार रुपैया तिर्नपर्ने
    सुन्दा अच्चम लाग्न सक्छ तर अच्चम नमान्दा हुन्छ ।

    भरतपुर ११ स्थित श्री नवजागृति सामूदायिक वन उपभोक्ता समूहको यहि वैशाख १५ गते हुन गई रहेको अधिवेशन तथा साधारणसभाले नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।
    जसका लागि अध्यक्षको उम्मेदवारी दिने उम्मेदवारले निर्वाचन दस्तुर वापत जनही १० हजार बुझाउनु पर्नेछ त्यतिमात्र होइन,अन्य उम्मेदवारले समेत ठुलै रकम बुझाउनु पर्ने छ ।
    जस्मा उपाध्याक्ष, सचिव, कोषाध्यक्ष र सह–सचिवका उम्मेदवारहरुले दस्तुर वापतको जनही सात हजार पाँच सय रुपैयाका दरले रकम बुझाउनु पर्ने हुन्छ । कार्यसमिति सदस्य र लेखा समिति संयोजकले भने पाचँ हजार, त्यसै गरि लेखा सदस्यले तिन हजारका दरले रकम बुझाउनु पर्ने बाध्यकारी निर्णय गरेको छ ।


    वन समुहको यस किसिमको निर्णयले गरिव तथा निम्न वर्गका मानिसहरु कार्यसमितिमा जान सक्ने स्थिति नरहेको स्थानिय उपभोक्ताहरु बताउँछन् । दश हजार त्यति धेरै रकम, रकम नै सुनेर जिब्रो निकाल्छन उपभोक्ताहरु । एक सय, दुई सय भए सामान्य प्रकृया हो भन्न हुन्थ्यो तर यहाँ त कार्यसमिति सदस्य बन्न पनि ऋणधन गर्नुपर्ने स्थिति सृजना भएको उनिहरु बताउँछन् ।
    उपभोक्ता समुह सबै किसिमका मानिसहरुको साझा हुनु पर्नेमा धनिमानी र टाठाबाठाको समुह बन्न गएको वहाँहरुको भनाइ रहेको छ ।
    समुहमा कमाउने भन्दापनि सेवाको भावले कार्य गर्ने भएकाले यति धेरै रकम किन उपभोक्ताले प्रश्न गरिरहेका छन् । कि व्यक्तिगत लाभ लिने पद हुनु प¥यो नभए यति धेरै रकम एउटा सामान्य लोकतान्त्रिक विधिबाट छनोट हुने प्रकृयाका लागि धेरै भएको उनिहरुको बुझाइ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑