आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

सुदूरपश्चिममा ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक


  • आक्रमण न्युज
  • २०८१ अषाढ १, शनिबार मा प्रकाशित २ साल अघि
  • ५९६ पाठक संख्या
  • आषाढ १, २०८१
    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक गरेको छ ।
    शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गरेका हुन् । जसमा चालुतर्फ ११ अर्ब ७ करोड रहेको छ भने पुँजीगततर्फ १७ अर्ब ५३ करोड बजेट विनियोजन गरेका छन् ।
    कुल विनियोजित बजेटमध्ये विकासतर्फ ५५ र चालुतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
    बजेटमा पूर्वाधार निर्माणका लागि पाँच अर्ब ६८ करोड, सामाजिक क्षेत्रका लागि ६ अर्ब ७४ करोड, उद्योग पर्यटन वन तथा वातावरण क्षेत्रका लागि दुई अर्ब चार करोड, भूमि व्यवस्था कृषि तथा सहकारी क्षेत्रमा तीन अर्ब ९ करोड र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ३८ करोड ६९ लाख बजेट विनियोजन गरेको छ ।
    साथै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई तीन अर्ब ९ करोड, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब चार करोड, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पाँच अर्ब ६८ करोड, सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब ७४ करोड र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८ करोड ६९ लाख बजेट विनियोजन गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट