आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

भवानी डेरी र मेरो किनमेलबीच व्यवसायिक प्रर्बद्धन सम्बन्धी सम्झौता


  • आक्रमण न्युज
  • २०८१ अषाढ ३, सोमबार मा प्रकाशित २ साल अघि
  • ६२३ पाठक संख्या
  • आषाढ ३, २०८१
    चितवन । भरतपुरको तोरीखेतमा रहेको भवानी डेरी र डेलिभरी कम्पनी मेरो किनमेल बिच सम्झौता भएको छ । भवानी डेरीका सम्पूर्ण उत्पादन चितवन, नवलपुर क्षेत्रमा डेलिभरीका लागि विशेष सहकार्य गर्न दुई पक्षले सम्झौता गरेका छन । सम्झौतामा भवानी डेरीको तर्फबाट क्षेत्रीय बिक्री प्रमुख पुरन कुमार क्षेत्री र मेरो किनमेलको तर्फबाट विभागीय प्रमुख समिर कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    बिगत छ वर्ष देखि उच्च गुणस्तरको दुध तथा दुग्ध जन्य पदार्थ उत्पादन गर्दै आएको चितवन र नवलपुर क्षेत्रमा निकै लोकप्रिय रहेको भवानी डेरी र चितवन, नवलपुर, मकवानपुर, रुपन्देही तथा पर्सा जिल्लामा फूड डेलीभरी गरिरहेको कम्पनी मेरो किनमेल बिचको सहकार्यले दुवै पक्षलाइ फाइदा हुने मेरो किनमेलका विभागीय प्रमुख समिर कुमार श्रेष्ठले बताए । यस सहकार्यले भवानी डेरीलाइ चितवन, नवलपुरका सम्पूर्ण शहर, बजार, अफिस, घर तथा दुर दराजका क्षेत्रमा पुग्नको लागि सहज बनाउने कुरा भवानी डेरीका क्षेत्रीय बिक्री प्रमुख पुरन कुमार क्षेत्री बताए ।
    समय समयमा बिषेश छुट योजना पनि ल्याइने उनको भनाई छ ।
    दुई हजार भन्दा बढी थोक तथा खुद्रा पसलमा आफ्नो विशेष उपस्थिति जनाई दुध, दही, लस्सी, घ्यु, पनिर, नौनी, टेबल बटर, छुर्पी, चिज, कप दही लगायतका उत्पादनले ग्राहकहरु माझ लोक्रप्रिय भवानी डेरीले भरतपुर–७ गौतम चोक, भरतपुर–१० दीपेन्द्र चोक, भरतपुर–११ बिशाल चोक र रत्ननगर–२ हाईस्कुल रोडमा आफ्नै बिक्री केन्द्र पनि सञ्चालन गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑