
माघ २५, २०८१
चितवन । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले चितवनमा आयोजित प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को उद्घाटन समारोहमा सरकारले कृषि ऐन ल्याउने तयारी गरिरहेको घोषणा गर्नुभएको छ ।




मन्त्री अधिकारीले किसानहरूको सुझावलाई कृषि ऐनमा समेट्न सरकार तयार रहेको बताउँदै ऐनले कृषि पेसालाई सम्मानजनक बनाउने विश्वास व्यक्त गर्नुभयो। ूनेपालका कृषकहरूले आफू गरिब भएर होइन, सक्षम भएर कृषि क्षेत्रमा लागेको महसुस गर्न कृषि ऐनले महत्वपूर्ण भूमिका खेल्नेछ,ू उहाँले बताउनुभयो ।
डेरी उत्पादनमा विविधता ल्याउन प्रविधिको प्रयोग अपरिहार्य रहेको औंल्याउँदै मन्त्री अधिकारीले भन्नुभयो, ूडेरी उत्पादनमा विविधीकरण गर्न सकेमा किसानहरूको जीवनमा परिवर्तन सम्भव छ। दूधबाट धेरै उत्पादनहरू तयार हुन्छन्, जुन शरीरका लागि फाइदाजनक छन् ।
त्यस्तै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार डेरी उद्योग र पशुपालनका लागि आवश्यक पर्ने उपकरण, सफ्टवेयर, आहार सामग्री, प्याकेजिङ, बैंक तथा बीमा सेवाका ५२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरू प्रदर्शनीमा समावेश गरिएका बताएका छन् ।
कार्यक्रम अवधी भर अन्तर दुग्ध सहकारी हाजिरीजवाफ प्रतियोगिता, डेरी उद्यमीको सफलताको कथा र नयाँ उत्पादनको लन्च तथा प्रदर्शनीको उद्देश्य दूधको बजारीकरणलाई सहज बनाउन, उत्पादन लागत घटाउन र दुग्धजन्य पदार्थको निर्यातलाई प्रवर्द्धन गर्ने मुख्य आकर्षण रहेको बताएको छ ।
माघ २५ नते आजदेखि शुरु भै माघ २७ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ। सो एक्स्पो चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले कार्यक्रमको अध्यक्षता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस