आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

चितवनमा सम्पन्न प्रथम राष्ट्रिय डेरी एक्स्पो : दुग्ध क्षेत्रको प्रवर्द्धनमा नयाँ आयाम


  • आक्रमण न्युज
  • २०८१ माघ २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ९७६ पाठक संख्या
  • माघ २७, २०८१
    चितवन । चितवन उद्योग संघको आयोजनामा माघ २५ देखि सञ्चालन भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ विशेष कार्यक्रमका बीच भव्य रुपमा समापन भएको छ ।

    प्रदर्शनीले दुग्ध क्षेत्रको सम्भावना उजागर गर्दै उत्पादन प्रवर्द्धन र कृषकहरुको भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता समेत जाहेर गरेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि हरिप्रसाद पौडेलले आधुनिक प्रविधिको प्रयोगमा कृषकहरूको ध्यान दिनुपर्ने र दुग्ध क्षेत्रको नीतिगत सुधारका लागि सरकारी पहल आवश्यक रहेको बताउनु भएको थियो ।
    प्रदर्शनी अवधी भर अन्तर संघ र सहकारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता, उत्कृष्ट स्टल छनोट, र विभिन्न दुग्ध उद्यमीहरूको सम्मानले विशेष आकर्षण कायम गरेको थियो भने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आगामी वर्षदेखि यो प्रदर्शनीलाई वार्षिक कार्यक्रमको रुपमा निरन्तरता दिने घोषणा गर्दै कार्यक्रम समापन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट