आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

सौराहामा आजदेखि १९ औं खाना उत्सव सुरु


  • आक्रमण न्युज
  • २०८१ माघ २९, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३५२ पाठक संख्या
  • माघ २९, २०८१
    चितवन । प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि १९ औं संस्करणको खाना उत्सव (फूड फेस्टिभल) सुरु भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहाको आयोजनामा हरेक वर्ष गरिँदै आएको यो उत्सव चितवनको पर्यटन प्रवर्द्धनका लागि विशेष महत्वको मानिन्छ।


    रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार उत्सवको आम्दानी सौराहाको पर्यटन मार्ग सौन्दर्यकरणमा खर्च गरिने छ। उनले सौराहाको पर्यटन विकासमा यस उत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
    फागुन ३ गतेसम्म सञ्चालन हुने यस उत्सवमा बहुल जातजातीका झाँकीहरू, सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुति, कलाकारहरूको सांगीतिक कार्यक्रम, खाना प्रदर्शनी तथा प्रतियोगिता जस्ता विविध कार्यक्रम समावेश गरिएको आयोजक समितिका संयोजक शम्भुप्रसाद मालीले जानकारी दिनुभयो।
    उत्सवका अवसरमा विभिन्न रोमाञ्चक प्रतियोगिताहरूको आयोजना गरिनेछ। जसमा वेटर र वेट्रेसबीचको प्रतियोगिता, डोरी तान प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा ब्याडमिन्टन प्रतियोगिता रहेका छन्।
    उत्सवको कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ। उत्सवले स्थानिय पर्यटन व्यवसायलाई थप चलायमान बनाउन महत्वपूर्ण योगदान दिने आयोजकहरूको विश्वास छ।
    चितवनका पर्यटकीय गतिविधिमा थप रौनकता थप्ने यो खाना उत्सवले स्थानीय र बाह्य पर्यटकका लागि रोमाञ्चक अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट