आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ४, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • ६७ पाठक संख्या
  • जेष्ठ ४, २०८१
    काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सर्लाही ईश्वरपुर नगरपालिका(१२ घर भएका ४१ वर्षीय अजय कुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    उच्च अदालत पाटन ललितपुरको २०७९ कात्तिक ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख रूपैयाँ जरिवाना, ३ दिन कैद र २८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(३१ गैह्रीगाउँबाट पक्राउ गरेको हो ।
    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट