Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २५, बुधबार | Wed, 11, Nov, 2026

‘स्वास्थ्य स्वयंसेविकाहरुको व्यवस्थापन र क्षमता अभिवृद्धि जरुरी’


  • आक्रमण न्युज
  • २०८१ मंसिर २०, बिहिबार मा प्रकाशित १ साल अघि
  • २४६ पाठक संख्या
  • मंसिर २०, २०८१
    काठमाडौँ । ‘विविध स्वास्थ्य क्रियाकलापमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वास्थ्य समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस देशभर मनाइएको छ ।
    दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य स्वयंसेविकाहरुको उचित व्यवस्थापन र क्षमता अभिवृद्धिको काम गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “स्वास्थ्य स्वयंसेविकाहरु धन्यवादको पात्र हुनुहुन्छ ।”
    स्वास्थ्य सेवा विभागका निर्देशक डा विकास देवकोटाले स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति परिमार्जनको क्रममा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले उहाँहरुको प्रोत्साहनका लागि प्रयत्न गरेका छौँ । स्वास्थ्य स्वयंसेविकाहरुले परिवार तथा समाजलाई स्वस्थ बनाउने काम गरिरहेका छन् ।”
    नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले स्वास्थ्य कार्यक्रमलाई समुदायसम्म पु(याउन स्वास्थ्य संस्था र समुदायबीच स्वास्थ्य स्वयंसेविकाहरुले संवाहकका रुपमा काम गरिरहेको बताउनुभयो ।
    हाल देशभर ५१ हजार चार सय २३ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । यो कार्यक्रम सरकारले विसं २०४५ देखि २८ जिल्लाबाट सुरु गरेको थियो । स्वास्थ्य स्वयंसेविकाहरुले पोषण तथा खोप कार्यक्रम, सरुवा तथा महामारी रोग नियन्त्रणमा सहयोग, वातावरणीय तथा व्यक्तिगत सरसफाइ, परिवारनियोजनसम्बन्धी सल्लाह दिने, सुरक्षित मातृत्व तथा नवजात शिशु सरसफाइसम्बन्धी समाजमा भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑