आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई


  • आक्रमण न्युज
  • २०८१ मंसिर २८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १८८ पाठक संख्या
  • मंसिर २८, २०८१
    काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा पर्नुभएको छ । बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो । बीमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहनुभएका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट